बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा करेन्ट लागेर बालिकाको मृत्यु

शुक्रबार, २६ साउन २०८०, २२ : ५५
शुक्रबार, २६ साउन २०८०

चन्द्रौटा । कपिलवस्तुको विजयनगर गाउँपालिकामा करेन्ट लागेर छ वर्षीय बालिकाको मृत्यु भएको छ । गाउँपालिका–२ जर्लैया बस्ने चाँद अलि भाँटको छोरी साहिना खातुनको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

घर अगाडि नल्कामा जडान गरिएको पानी तान्ने मोटरबाट नुहाउने क्रममा अचानक नातिनी र हजुरआमालाई करेन्ट लाग्दा नातिनी साहिना खातुनको मृत्युु भएको र हजुरआमा ४८ वर्षीय अन्जुम भाट घाइते हुनुभएको परिवारले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप