सन्नी देवलको गदर-२ ले मच्चायो धमाका, पहिलो दिनको कलेक्सन कति ?
मुम्बई । सन्नी देवलको गदर -२ ले पहिलो दिनमै धमाका मच्चाएको छ । हिजो अगस्ट ११ मा रिलिज भएको यो फिल्मको सर्वत्र चर्चा छ । गदरका फ्यानहरू यसको सिक्वेललाई लिएर निकै उत्साहित भएका छन् । अहिले फिल्मको दोस्रो भाग रिलिज भएसँगै यसले पनि निकै माया पाइरहेको छ ।
फिल्मलाई दर्शकहरूले अत्यधिक रुचाए पछि सलमान खानले पनि सो चलचित्रको तारिफ गर्न छोडेनन् । उनले सामाजिक सञ्जालमा गदर २ को बारेमा पोस्ट गरेका छन् । गदर २ को पोस्टर सेयर गर्दै सलमान खानले लेखेका छन्, ‘ढाई किलो का हात ४० करोडको ओपनिङ बराबर। सन्नी पाजी गजब। गदर २ को सम्पूर्ण टिमलाई बधाई छ।
फिल्म गदर २ को बारेमा कुरा गर्दा रिपोर्टका अनुसार फिल्मले पहिलो दिन ४० देखि ४५ करोड सम्मको कमाई गरेको छ । पहिलो दिन मै फिल्मले बक्स अफिसमा धमाका मच्चाएको छ । तर, फिल्मले पहिलो दिन कति कमाइ गरेको छ भन्ने आधिकारिक तथ्याङ्क भने सार्वजनिक गरिएको छैन ।
फिल्मको स्टारकास्टको कुरा गर्दा सन्नी देवल बाहेक यसमा अमिषा पटेल, उत्कर्ष शर्मा, सिमरत कौर र मनिष वाधवा जस्ता कलाकार छन् । यो सन्नी देवल र अमिषा पटेलको २००१ मा आएको फिल्म गदरः एक प्रेम कथाको सिक्वेल हो। गदर सर्वकालीन ब्लकबस्टर बनेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण