स्रोत नखुलेको ८ लाख नगदसहित एक जना पक्राउ
शनिबार, २७ साउन २०८०, १६ : ५६
सिरहा । सिरहामा स्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँसहित एकजना पक्राउ परेका छन् । सिरहा नगरपालिका-१७ माडर टोलबाट स्रोत नखुलेको ८ लाख २ हजार नेपाली रूपैयाँ र ४६ हजार १ सय भारतीय रूपैयाँसहित सोही ठाउँ बस्ने ४८ वर्षीय सञ्जीव कुमार साहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.१२ प १६३७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक साहलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको प्रहरीको भनाई छ । उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसका ४ मन्त्रीले राजीनामा दिएसँगै कर्णालीका मुख्यमन्त्रीले आफैँसँग राखे मन्त्रालय
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण