मनकामना इन्जिनियरिङको आईपीओ खुल्यो, कति दिन पाइन्छ आवेदन ?
काठमाडौँ । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) आइतबारदेखि सर्वसाधारणका लागि बिक्री खुल्ला भएको छ । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्कासन गर्दा बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्तासहित कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो ।
कूल निष्काशनमध्ये कम्पनीले कर्मचारीलाई ४० हजार कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख कित्ता सेयर छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणका लागि खुल्ला गरेको छ ।
इच्छुक खरिदकर्ताले साउन ३१ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मा लागि आवेदन दिन सक्नेछन् । तोकिएको समयभित्र आवेदन नपरेमा साउन १० गतेसम्म समय थप गरिने कम्पनीले जनाएको छ ।
रेटिङ एजेन्सी केयर नेपालले कम्पनीलाई डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण