बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

मनकामना इन्जिनियरिङको आईपीओ खुल्यो, कति दिन पाइन्छ आवेदन ?

आइतबार, २८ साउन २०८०, ११ : २३
आइतबार, २८ साउन २०८०

काठमाडौँ । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) आइतबारदेखि सर्वसाधारणका लागि बिक्री खुल्ला भएको छ । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्कासन गर्दा बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्तासहित कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो । 

कूल निष्काशनमध्ये कम्पनीले कर्मचारीलाई ४० हजार कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख कित्ता सेयर छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणका लागि खुल्ला गरेको छ । 

इच्छुक खरिदकर्ताले साउन ३१ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मा लागि आवेदन दिन सक्नेछन् । तोकिएको समयभित्र आवेदन नपरेमा साउन १० गतेसम्म समय थप गरिने कम्पनीले जनाएको छ ।

रेटिङ एजेन्सी केयर नेपालले कम्पनीलाई डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ । 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप