बिक्रीको चाप बढेपछि पहिलो कारोबारको दिन नै घट्यो घोराहीको मूल्य
आइतबार, २८ साउन २०८०, १२ : ५४
१

काठमाडौँ । घोराही सिमेन्टको कारोबार मूल्यमा ८.५६ प्रतिशतको गिरावट आएको छ । आजदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारमा आएको घोराहीको मूल्य पहिलो दिन नै घटेको हो ।
समाचार तयार पार्दासम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४८ रुपैयाँले घटेको छ । आजदेखि कारोबार सुरु भएको घोराहीको पहिलो कारोबार प्रतिकित्ता ५६५ रुपैयाँमा सुरु भएको थियो । हालसम्म प्रतिकित्ता ५१७ रुपैयाँमा आइपुगेको नेप्सेले जनाएको छ ।
नेप्सेमा घोराहीको सेयर गत साताको विहीबार सूचीकृत भएको थियो । कम्पनीको ३ करोड ९७ लाख १९८ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
महिमानसिंह विष्टलाई १ लाख धरौटीमा छाड्न आदेश
-
सूर्य नेपाल च्यालेन्ज मंगलबारदेखि
-
सुर्ती जन्य पदार्थ नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै स्वास्थ्य मन्त्रालय पुरस्कृत
-
एसकेबीसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
-
कर्णाली प्रदेश सभा बैठकमा किन उपस्थित भएन प्रमुख प्रतिपक्ष दल ?
-
कालीगण्डकीमा बेपत्ता किशोरको शव भेटियो