बिक्रीको चाप बढेपछि पहिलो कारोबारको दिन नै घट्यो घोराहीको मूल्य
आइतबार, २८ साउन २०८०, १२ : ५४
१
काठमाडौँ । घोराही सिमेन्टको कारोबार मूल्यमा ८.५६ प्रतिशतको गिरावट आएको छ । आजदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारमा आएको घोराहीको मूल्य पहिलो दिन नै घटेको हो ।
समाचार तयार पार्दासम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४८ रुपैयाँले घटेको छ । आजदेखि कारोबार सुरु भएको घोराहीको पहिलो कारोबार प्रतिकित्ता ५६५ रुपैयाँमा सुरु भएको थियो । हालसम्म प्रतिकित्ता ५१७ रुपैयाँमा आइपुगेको नेप्सेले जनाएको छ ।
नेप्सेमा घोराहीको सेयर गत साताको विहीबार सूचीकृत भएको थियो । कम्पनीको ३ करोड ९७ लाख १९८ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण