बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा चिनियाँ इन्जिनियर चढेको गाडीमाथि चरमपन्थी हमला

आइतबार, २८ साउन २०८०, १६ : २७
आइतबार, २८ साउन २०८०

बलूचिस्तान । पाकिस्तानको बलूचिस्तानस्थित ग्वादरमा चिनियाँ इन्जिनियर चढेको गाडीमा आक्रमण भएको छ । पाकिस्तानको सञ्चारमाध्यम डनले आईएसपीआरलाई उद्धृत गर्दै सो हमलामा एक चरमपन्थीको मृत्यु भएको छ भने अन्य तीन घाइते भएको जानकारी दिएको छ ।

सो क्षेत्रलाई अहिले खाली गराएर आक्रमणमा संलग्न चरमपन्थीहरुको खोजीकार्य जारी रहेको बताइएको छ । बीबीसी हिन्दीका अनुसार चिनियाँ नागरिकलाई लगिएको सातवटा गाडीको कारगेडमाथि चरमपन्थीहरुले आक्रमण गरेका थिए ।

यस क्रममा कयौँ विस्फोट र गोलाबारीको आवाज सुनिएको थियो । एक ट्वीटमा बलूचिस्तान लिबरेसन आर्मी (बीएलए)ले यो हमलाको जिम्मा लिएको छ । 

स्थानीयका अनुसार फकीर पुल नजिकै भीषण गोलाबारी र विस्फोटको आवाज सुनिएको छ र यो पछिल्लो एक घण्टादेखि जारी रहेको छ । यो क्षेत्रमा न्यायिक परिसरदेखि महत्त्वपूर्ण सरकारी भवन रहेका छन् ।

पाकिस्तानमा चिनियाँ नागरिकमाथि हमला भएको यो पहिलो अवसर होइन । गत वर्ष कराची विश्वविद्यालयको कम्युनिकेसन सेन्टरमा आत्मघाती हमला हुँदा तीन चिनियाँ शिक्षकको मृत्यु भएको थियो ।

बलूचिस्तान पोस्टका अनुसार हमलापछि पाकिस्तास्थित चिनियाँ वाणिज्य दूतावासले बलूचिस्तान र सिंधमा आफ्नो नागरिकलाई घरभित्र रहन आदेश जारी गरेको छ । पछिल्ला दिनमा पख्तूनख्वा र बलूचिस्तानमा चरमपन्थी घटनाहरु तीव्ररुपमा वृद्धि भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप