सुनील शर्मालाई पक्राउ गर्दा सरकारले कानुन हातमा लियो : सहमहामन्त्री परियार
काठमाडौँ । नेपाली कांग्रेसका सांसद जीवन परियारले सांसद डा. सुनील शर्मालाई पक्राउ गर्दा सरकारले कानुन हातमा लिएको बाएका छन् ।
आइतबार पार्टी संसदीय दलको बैठकमा उनले सांसद शर्मालाई कानुन विपरीत पक्राउ गरिएको बताए । ‘हाम्रै पार्टीका सांसदलाई दिनदाहाडै जेल हाल्ने प्रयत्न भयो, सुनीलजी रिहा भएर आउनुभएको छ । सभामुखलाई जानकारी नगराइकन पक्राउ गर्न पाइँदैन,’ परियाले भने,‘ कानुन हातमा लिने काम सरकारले गरेको छ । आज सुनीललाई पर्यो, भोलि अरूलाई पर्ला ।’
यस्तै उनले सुन तस्करी प्रकरणमा हङकङ विमानस्थललाई प्रश्न गर्नुपर्ने बताए ।
उनले भने, ‘हङकङमा पनि चेकजाँच हुन्छ होला नि ? हाम्रो त्रिभुवन विमानस्थलभन्दा अत्याधुनिक सामग्री त्यहाँ होला नि ? किन हामीले हङकङको विमानस्थललाई त्यो प्रश्न नगर्ने ? प्रश्न गर्न जरुरी छ ।’
बैठकमा अर्थमन्त्री महतले सुन तस्करीबारे हङकङमा पत्र पठाएको बताएका थिए ।
‘हामीले हङकङलाई पनि चिठि पठाएका छौं । को को संलग्न छन् भन्ने विषयमा अनुसन्धान भइरहेको छ,’ महतको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण