रोनाल्डोको हातमा १२ करोडको घडी
काठमाडौँ । समकालीन विश्व फुटबलका महान खेलाडी हुन्, क्रिस्टियानो रोनाल्डो । पोर्चुगलका ३८ वर्षीय यी स्ट्राइकरले विश्वका चर्चित क्लबहरुबाट ब्यवसायिक फुटबल खेलेर आफ्नो उत्कृष्टता सिद्ध गरिसकेका छन् । पोर्चुगलको स्पोर्टिङ सीपीको सिनियर टोलीबाट ब्यवसायीक खेलजीवनमा ‘डेब्यू’ गरेका रोनाल्डोले त्यसयता इङ्ल्यान्ड, स्पेन र इटालीका चर्चित क्लबहरुबाट आफ्नो क्षमता प्रदर्शन गरिसकेका छन् । उनले लामो समय म्यानचेस्टर युनाइटेडबाट खेले ।
त्यसपछि उनी स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडमा आबद्ध भए । नौ वर्ष रियल म्याड्रिडमा बस्दा उनले क्लबलाई थुप्रै महत्वपूर्ण सफलता दिलाए । रियल म्याड्रिडमा लामो समय बिताएपछि उनी इटालियन क्लब युभेन्ट्सतिर लागे । तीन वर्ष युभेन्ट्समा बिताएर उनी फेरि म्यानचेस्टर युनाइटेड फर्किए । अहिले उनी साउदी अरेबियाको क्लब अल—नासरमा आबद्ध छन् । साउदी लिग खेल्न उनी कीर्तिमानी रकममा अल-नासरमा आबद्ध भएका हुन् ।
यतिबेला उनी साउदी लिगका सबैभन्दा प्रभावशाली खेलाडी हुन् । साउदी अरेबियामा उनको जीवन शैली पनि भब्य छ । उनको हरेक सुविधामा साउदी सरकारले विशेष ध्यान पुर्याएको छ । उनी विश्व खेलकुदकै सर्वाधिक कमाउने खेलाडीको सूचिमा पनि अग्रस्थानमा पर्छन् । उनले हालै साउदीस्थित आफ्नो निवासको कौशीमा बसेर कुनै तातो पेय पदार्थ पिउँदै गरेको तस्बिर सार्वजनिक गरे । उनले आफ्नो उक्त तस्बिर सामाजिक सञ्जाल ईन्स्टाग्राममार्फत सार्वजनिक गरेका थिए । तस्बिरमा उनले बायाँ हातले मग समातेको देखिन्छ ।
रोनाल्डोको त्यो तस्बिर सार्वजनिक भएपछि अरु कुराले भन्दा पनि उनले आफ्नो बायाँ हातमा लगाएको घडीले धेरैको ध्यान तान्यो । सामान्यजस्तै देखिए पनि रोनाल्डोले लगाएको त्यो नाडी घडी मूल्यको हिसाबले निकै विशेष थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार, रोनाल्डोले लगाएको निलो रङको घडी बनाउन सुनको प्रयोग गरिएको छ । त्यो घडी ‘ज्याकोब एन्ड को’ कम्पनीले तयार पारेको हो । उक्त घडीको मूल्य सात लाख ५० हजार ब्रिटिस पाउण्ड (करिब १२ करोड ६५ लाख ४४ हजार नेपाली रुपैयाँ) पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण