बालुवाटार बैठकमा सहभागी मोदीले भने–मैले ३ महिनाअघि नै राजीनामा बुझाएको थिएँ, जे गर्नुछ गर्नुस्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले पार्टीले गरेको निर्णय आफूलाई मान्य हुने बताएका छन् ।
बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकमा मन्त्रीको हैसियतमा सहभागी भएका उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले गर्ने निर्णय आफूलाई मान्य हुने बताएका हुन् । उनले मन्त्री रहिरहन भने बस्ने र छाड्न भने बाहिरिने उनको भनाइ थियो ।
उनले बैठकमा बोल्दै आफूले तीन महिनाअघि नै राजीनामा बुझाएको र प्रधानमन्त्रीको आग्रहअनुसार मात्रै बसिरहेको बताएका थिए ।
‘कर्मचारीको घेराबन्दीमा परेपछि मैले त तीन महिनाअघि नै राजीनामा बुझाएको थिएँ । अध्यक्ष कमरेडले नै निजामती ऐन टुंगोमा पुर्याउनुपर्छ भनेर बसिरहेको हुँ’ मोदीको भनाइ उद्धृत गर्दै एक नेताले भने ।
उनले आफ्नो कुरा राखेर बाहिरिएपछि माओवादीले मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिव परियारको नयाँ गीत ‘अजम्बरी माया’ सार्वजनिक
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
कांग्रेस लुम्बिनी प्रदेश सभापतिद्वारा बजेटको विरोध, अनधिकृत स्थलमा बजेट बनाएको आरोप
-
सात हलमा ‘अञ्जिला’ले मनायो सय दिन
-
प्रधानमन्त्री ओलीले सम्झिए दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण गर्दाका क्षण
-
ग्वार्को ओभरपास : अल्पकालीन राहत तर दीर्घकालीन समाधानका लागि सोचौँ