बालुवाटार बैठकमा सहभागी मोदीले भने–मैले ३ महिनाअघि नै राजीनामा बुझाएको थिएँ, जे गर्नुछ गर्नुस्
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले पार्टीले गरेको निर्णय आफूलाई मान्य हुने बताएका छन् ।
बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकमा मन्त्रीको हैसियतमा सहभागी भएका उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले गर्ने निर्णय आफूलाई मान्य हुने बताएका हुन् । उनले मन्त्री रहिरहन भने बस्ने र छाड्न भने बाहिरिने उनको भनाइ थियो ।
उनले बैठकमा बोल्दै आफूले तीन महिनाअघि नै राजीनामा बुझाएको र प्रधानमन्त्रीको आग्रहअनुसार मात्रै बसिरहेको बताएका थिए ।
‘कर्मचारीको घेराबन्दीमा परेपछि मैले त तीन महिनाअघि नै राजीनामा बुझाएको थिएँ । अध्यक्ष कमरेडले नै निजामती ऐन टुंगोमा पुर्याउनुपर्छ भनेर बसिरहेको हुँ’ मोदीको भनाइ उद्धृत गर्दै एक नेताले भने ।
उनले आफ्नो कुरा राखेर बाहिरिएपछि माओवादीले मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण