सिम्रिक एयरले उड्डयन प्राधिकरणलाई तिर्यो ५५ लाख बक्यौता
आइतबार, २८ साउन २०८०, १८ : २१
काठमाडौँ । निजी हवाई सेवा कम्पनी सिम्रिक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई तिर्न बाँकी ५५ लाख रुपैयाँ बक्यौता तिरेको छ ।
प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै सिम्रिक एयर प्रा.लि.ले आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्मको तिर्न बाँकी कूल ५५ लाख १२ हजार ११२ रुपैयाँ १६ पैसा रहेकोमा कम्पनीले साउन २८ गते सम्पूर्ण बक्यौता रकम चुक्ता गरेको जनाएको हो ।
यसअघि कम्पनीले बाँकी बक्यौता नतिरेपछि प्राधिकरणले एक हप्ताको समय दिँदै साउन २१ गते कम्पनीलाई पत्र पठाएको थियो । पत्र पाएको ठिक एक हप्तामा कम्पनीले प्राधिकरणको सम्पूर्ण बक्यौता रकम भुक्तान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण