लथालिङ्ग छ संसद्
काठमाडौँ । प्रतिनिधि सभाले औपचारिक रूपमा काम प्रारम्भ गरेको सात महिना पूरा भइसकेको छ । निर्वाचनपछि अहिले दोस्रो अधिवेशन चलिरहेको छ । तर सङ्घीय संसद्का दुवै सदन अहिलेसम्म तदर्थमै चलिरहेका छन् । कामकाजी बन्नुपर्ने संसद् लथालिङ्ग छ । मिनी संसद् नेतृत्वविहीन छन् । विधायिकी र संसदीय निगरानी ठप्प छन् । पछिल्लो तीन सातायता त राजनीतिक रूपमा समेत संसद् बन्धक छ ।
२०७९ पुस २५ गते निर्वाचनपछिको पहिलो अधिवेशन प्रारम्भ भएको थियो । प्रधानमन्त्रीको विश्वासको मत, सभाका पदाधिकारी चयन, नियमावली तर्जुमालगायतका काममा पहिलो अधिवेशन अल्झिएको थियो । करिब चार महिना चलेको अधिवेशन वैशाख २५ मा अन्त्य भएको थियो । उक्त अधिवेशनको चार महिनासम्म नियमावली तर्जुमा तथा संसदीय समिति गठनलगायतका आधारभूत कामसमेत हुन सकेनन् ।
संसद्मा भइरहेको अवरोधले नियमित कामकारबाहीसमेत प्रभावित भइरहेको सभामुख देवराज घिमिरेको भनाइ छ । पर्याप्त रूपमा संसद्ले जनजीविकाका सवालमा छलफल गर्न नसकेको घिमिरेले स्विकारे । राष्ट्रिय मानव अधिकार आयोगको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा घिमिरेले भने, ‘केही सातादेखि संसद् नियमित कारबाहीमा अगाडि बढ्न नसकेको स्थिति छ । कैयौँ विधेयकमा छलफल भएको छैन । परिणाम दिने गरी नियम कानुन बनाउन सकिरहेका छैनौँ । पछिल्लो समय संसद् अवरोधले नियमित कानुन बनाउन बाधक भएको छ ।’ आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण