धनगढीमा पहिलो पटक शारीरिक सुगठन प्रतियोगिता
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको धनगढीमा पहिलो पटक शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ । फारवेष्ट फिटनेस एन्ड स्पोटर्स क्लबको आयोजनामा आगामी असोज १२ र १३ गते प्रतियोगिता आयोजना गरिने जानकारी सोमबार आयोजित पत्रकार सम्मेलनमा दिइयो ।
प्रतियोगितामा प्रथम हुने खेलाडीलाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । दोस्रोलाई १५ हजार र तेस्रो हुने खेलाडीलाई १० हजार रुपैयाँसहित अन्य जिन्सी सामान पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुने खेलाडीले एक हजार रुपैयाँ दर्ता शुल्क बुझाउनु पर्ने जानकारी क्लबका अध्यक्ष मोहन तामाङले दिए । ‘सहभागिताका लागि भदौ १५ गतेदेखि असोज ५ गतेसम्म नाम दर्ता गराउन सकिन्छ,’ उनले भने । प्रतियोगितामा कुनै पनि उमेर समूहका खेलाडी भाग लिने सक्ने आयोजकले जनाएको छ । प्रतियोगिता प्रदेशस्तरीय हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण