उपराष्ट्रपति यादव चीनको चाङसुई विमानस्थलमा अवतरण, सम्मेलनका उपाध्यक्ष चेन युहाउले गरे स्वागत
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणका लागि गएराति चीनको कुनमिङ पुगेका छन् ।
चीनको कुनमिङमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ र ‘२७औँ चीन कुनमिङ आयात निर्यात मेला’मा सहभागी हुन उपराष्ट्रपति यादव चीन पुगेका हुन् ।
उनलाई कुनमिङको चाङसुई अन्तर्राष्ट्रिय विमानस्थलमा युनान प्रान्तीय चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष चेन युहाउ, चीनका लागि नेपालका राजदूत विष्णु पुकार श्रेष्ठ र युनान प्रान्तको विदेश मामिला कार्यालयका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए ।
यही साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा यादव सहभागी हुनेछ ।
चीन भ्रमणमा उपराष्ट्रपति यादवसँगै उनकी धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण