जब ब्रिटेनका प्रधानमन्त्रीले भने– म हिन्दु भएकाले यहाँ आएको हुँ

काठमाडौँ । ब्रिटेनका प्रधानमन्त्री ऋषि सुनकको एउटा भनाइ अहिले चर्चामा छ । १५ अगस्टका दिन कथावाचक मोरारी बापूले ब्रिटेनको क्याम्ब्रिज युनिभर्सिटीमा आयोजित कार्यक्रममा कथा वाचन गरिरहेका थिए ।
सो कार्यक्रममा ब्रिटेनका प्रधानमन्त्री सुनक पनि सहभागी थिए । उनले मोरारी बापूको आरती गर्नुका साथै मञ्चमा आफ्ना धारणा पनि राखे । ब्रिटिश प्रधानमन्त्री सुनकले ‘जय सिया राम’ नाराबाट आफ्नो सम्बोधन सुरुवात गरे । उनले भने, ‘भारतको स्वतन्त्रता दिवसका अवसरमा मोरारी बापूको कथा वाचन कार्यक्रममा आउँदा खुसी लागेको छ ।’
उनले कार्यक्रममा आफू प्रधानमन्त्रीका रुपमा नभएर एक हिन्दुका रुपमा आएको पनि प्रस्ट पारे । ‘मेरो लागि आस्था निकै निजी कुरा हो, जीवनको हरेक मोडमा यसले मलाई बाटो देखाउँछ । प्रधानमन्त्री हुनु सम्मानको कुरा हो तर यो सजिलो काम होइन ।’
प्रधानमन्त्रीले कडा फैसला लिनुपर्ने र मुस्किल अवस्था सामना गर्नुपर्ने उनले बताए । ‘यस्तोमा हाम्रो आस्थाले नै हामीलाई साहस र शक्ति दिन्छ ताकि देशका लागि राम्रो फैसला लिन सकियोस् ।’
उनले आफू चान्सलर हुँदा नै ‘११ डाउनिङ स्टीट’ बाहिर दीपावलीमा दीप प्रज्ज्वलन गरेको पनि सुनाए । ‘बापूको पछाडि जसरी हनुमान हुनुहुन्छ, मलाई गर्व छ कि प्रधानमन्त्री कार्यालयको मेरो मेचमा पनि गणेशजी हुनुहुन्छ,’ उनले भने । -बीबीसी हिन्दी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
-
‘वर्ड रिजर्भ’ क्षेत्रमै चरालाई सङ्कट
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
गभर्नर नियुक्ति प्रकरण : पन्छिएका उम्मेदवार फेरि रेसमा
-
काठमाडौँको बौद्धमा २५६९ औँ बुद्ध जयन्तीलाई विशेष बनाइने