जब ब्रिटेनका प्रधानमन्त्रीले भने– म हिन्दु भएकाले यहाँ आएको हुँ
काठमाडौँ । ब्रिटेनका प्रधानमन्त्री ऋषि सुनकको एउटा भनाइ अहिले चर्चामा छ । १५ अगस्टका दिन कथावाचक मोरारी बापूले ब्रिटेनको क्याम्ब्रिज युनिभर्सिटीमा आयोजित कार्यक्रममा कथा वाचन गरिरहेका थिए ।
सो कार्यक्रममा ब्रिटेनका प्रधानमन्त्री सुनक पनि सहभागी थिए । उनले मोरारी बापूको आरती गर्नुका साथै मञ्चमा आफ्ना धारणा पनि राखे । ब्रिटिश प्रधानमन्त्री सुनकले ‘जय सिया राम’ नाराबाट आफ्नो सम्बोधन सुरुवात गरे । उनले भने, ‘भारतको स्वतन्त्रता दिवसका अवसरमा मोरारी बापूको कथा वाचन कार्यक्रममा आउँदा खुसी लागेको छ ।’
उनले कार्यक्रममा आफू प्रधानमन्त्रीका रुपमा नभएर एक हिन्दुका रुपमा आएको पनि प्रस्ट पारे । ‘मेरो लागि आस्था निकै निजी कुरा हो, जीवनको हरेक मोडमा यसले मलाई बाटो देखाउँछ । प्रधानमन्त्री हुनु सम्मानको कुरा हो तर यो सजिलो काम होइन ।’
प्रधानमन्त्रीले कडा फैसला लिनुपर्ने र मुस्किल अवस्था सामना गर्नुपर्ने उनले बताए । ‘यस्तोमा हाम्रो आस्थाले नै हामीलाई साहस र शक्ति दिन्छ ताकि देशका लागि राम्रो फैसला लिन सकियोस् ।’
उनले आफू चान्सलर हुँदा नै ‘११ डाउनिङ स्टीट’ बाहिर दीपावलीमा दीप प्रज्ज्वलन गरेको पनि सुनाए । ‘बापूको पछाडि जसरी हनुमान हुनुहुन्छ, मलाई गर्व छ कि प्रधानमन्त्री कार्यालयको मेरो मेचमा पनि गणेशजी हुनुहुन्छ,’ उनले भने । -बीबीसी हिन्दी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण