बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

बालकृष्ण ढुंगेलको गीति एल्बम विमोचन

बिहीबार, ०८ चैत २०७४, १६ : ०९
बिहीबार, ०८ चैत २०७४

काठमाडौं– हाल कारागारमा रहेका माओवादी नेता बालकृष्ण ढुङगेलले बिभिन्न समयमा लेखेका ७ वटा गीत समावेश भएको गीती एल्बम आज राजधानीमा विमोचन भएको छ । 

गीती एल्बम राष्ट्रिय गीतका रचीयता व्याकुल माइला, माओवादी नेता तथा पूर्व सुचना तथा संचार मन्त्री राम कार्की र शहिद रीतबहादुर खड्काकी आमा मनमाया खड्का र लेखक युग पाठकले विमोचन गरेका थिए । 
एल्बम विमोचन पछि नेता कार्कीले भने ‘जेलमा एक जना बालकृष्ण ढुङ्गेल मात्र होइन पुरा आन्दोलन नै छ । यसबाट थाहा हुन्छ नेपाली राज्य सत्ताको चरित्र कस्तो छ भनेर । अहिलेको सरकार जसको आएपनि खुसी हुने अवस्था छैन, सबै सचेत हुनु पर्छ ।’

गीतमा चेतन सापकोटाको संगीत रहेको छ भने अन्जु पन्त, रामचन्द्र काफ्ले, दीपक लिम्बु लगायतले स्वर दिएका छन् । एल्बमको नाम खाली खुट्टे रहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप