भारतको विरोध गर्नु नेपालको राष्ट्रवाद होइन : सांसद केसी
काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले भारतको विरोध गर्नु नेपालको राष्ट्रवाद नभएको बताएका छन् ।
बुधवार नेपाल भारतमैत्री समाजको आयोजनामा ७६ औँ भारतीय स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सांसद केसीले बि.सं. २०१७ सालपछि नेपालको राष्ट्रवाद नै भारत र कांग्रेसको विरोध गर्नु हो भन्ने भाष्य बनेको बताए ।
अहिले पनि कहिलेकाहीँ भारतको विरोध गर्नु नै नेपालको राष्ट्रवाद हो भनि सम्झिने गरिएको भन्दै उनले त्यो गलत भएको बताए । उनले कुनै राष्ट्रको विरोधमा नभई आफ्नो राष्ट्रको पक्षमा उभिनुपर्ने बताए । उनले नेपाल–भारत बीचको सम्बन्धलाई अझै सशक्त र मजबुत बनाउनुपर्ने बताए ।
उनले भने, ‘खासगरेर १७ सालपछिको एउटा परिस्थिति यसरी जन्मियो तत्कालीन पञ्चायती व्यवस्थाको विरोधमा सशस्त्र संघर्षदेखि विभिन्न प्रकारका संघर्षका निम्ति भारतीय क्षेत्रलाई आधार बनाएर हाम्रो नेता सुवर्ण समशेर लगायत बसेको स्थितिमा तत्कालीन परिवेश के भयो भने नेपालको राष्ट्रवाद भनेको नै भारत विरोधवाद र कांग्रेस विरोधवादको रुपमा जन्मियो । त्यसकारण हामी कहिलेकाहीँ भारत विरोधवाद नै नेपालको राष्ट्रवाद हो कि भनेर सम्झन्छौँ त्यो होइन । संसारमा कुनैपनि राष्ट्रको विरोध होइन आफ्नो समर्थनमा हरेक राष्ट्र उभिन्छ । हरेक राष्ट्रको राष्ट्रिय अस्तित्वको निम्ति पहिलो उसको चासो हुन्छ, छिमेकी भन्दा ।’
उनले नेपाल–भारत बीचको सम्बन्ध राजनीतिक बन्धनले मात्रै बाँधिएको नभई धर्म, संस्कार, संस्कृति, परम्परा र आपसी मान्यताहरुबाट एक अर्कामा जोडिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण