निलम्बित सचिव टेकनारायण पाण्डे लगायतकाे निवेदनमाथिकाे सुनुवाइ सकियो
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे लगायतको निवेदनमाथि सुनुवाइ सकिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासमा पाण्डेसहित थुनामा रहेका १० जनाको सुनुवाइ सकिएको हो ।
थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उनीहरु उच्च अदालत पाटन पुगेका थिए । कांग्रेस नेता बालकृष्ण खाँण, एमाले सचिव टोपबहादुर रायमाझी लगायतको निवेदन भने पेसीमा चढेको छैन । उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतसँग माग गरेको कैफियत प्रतिवेदन नआइपुगेको कारण उनीहरुको निवेदन भने पेसीमा नचढेको हो ।
बिहीबारको पेसीमा निलम्बित सचिव टेक नारायण पाण्डे, पूर्व सुरक्षा सल्लाहकार डा.इन्द्रजित राई, नरेन्द्र केसी, सानु भण्डारी, आङटावा शेर्पा, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मिया र गोविन्द चौधरीको निवेदनमाथि सुनुवाइ सकिएको छ ।
उच्च अदालत पाटनले उनीहरुको निवेदनमा सुनुवाइ सकेपछि धरौटी लिएर थुनामुक्त गर्ने वा थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नेबारे आदेश दिनेछ । उच्च अदालतले तारेख वा धरौटीमा थुनामुक्त गर्ने आदेश दिएमा उनीहरु सोही आदेशमा उल्लेख भएको व्यवस्था बमोजिम थुनामुक्त भई सुरु अदालतमा चलेको मुद्दामा सहभागी हुन सक्नेछन् । धरौटी वा
तारेख अस्वीकार गरेको अवस्थामा भने उनीहरु थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्नेछ । उच्च अदालतको आदेश पनि बेरितको लागेमा भने उनीहरु सर्वोच्च अदालतमा निवेदन लिएर जान सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण