सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

निलम्बित सचिव टेकनारायण पाण्डे लगायतकाे निवेदनमाथिकाे सुनुवाइ सकियो

बालकृष्ण र टोपबहादुरको भने पेसीमै चढेन
बिहीबार, ३२ साउन २०८०, १३ : ३१
बिहीबार, ३२ साउन २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे लगायतको निवेदनमाथि सुनुवाइ सकिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासमा पाण्डेसहित थुनामा रहेका १० जनाको सुनुवाइ सकिएको हो । 

थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उनीहरु उच्च अदालत पाटन पुगेका थिए । कांग्रेस नेता बालकृष्ण खाँण, एमाले सचिव टोपबहादुर रायमाझी लगायतको निवेदन भने पेसीमा चढेको छैन ।  उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतसँग माग गरेको कैफियत प्रतिवेदन नआइपुगेको कारण उनीहरुको निवेदन भने पेसीमा नचढेको हो । 

बिहीबारको पेसीमा निलम्बित सचिव टेक नारायण पाण्डे, पूर्व सुरक्षा सल्लाहकार डा.इन्द्रजित राई, नरेन्द्र केसी, सानु भण्डारी, आङटावा शेर्पा, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मिया र गोविन्द चौधरीको निवेदनमाथि सुनुवाइ सकिएको छ । 

उच्च अदालत पाटनले उनीहरुको निवेदनमा सुनुवाइ सकेपछि धरौटी लिएर थुनामुक्त गर्ने वा थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नेबारे आदेश दिनेछ । उच्च अदालतले तारेख वा धरौटीमा थुनामुक्त गर्ने आदेश दिएमा उनीहरु सोही आदेशमा उल्लेख भएको व्यवस्था बमोजिम थुनामुक्त भई सुरु अदालतमा चलेको मुद्दामा सहभागी हुन सक्नेछन् । धरौटी वा

तारेख अस्वीकार गरेको अवस्थामा भने उनीहरु थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्नेछ । उच्च अदालतको आदेश पनि बेरितको लागेमा भने उनीहरु सर्वोच्च अदालतमा निवेदन लिएर जान सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप