‘गणपति’ लाई सेभेन सिजले वर्ल्डवाइड रिलिज गर्ने
काठमाडौँ । फिल्म ‘गणपति’ स्वदेशसहित एकसाथ विश्व बजारमा प्रदर्शन हुने भएको छ । सेभेन सिज इन्टरटेन्मेन्टले ‘गणपति’ विश्व बजारमा लैजान लागेको हो । नेपालमा १४ भदौबाट प्रदर्शन हुन लागेको फिल्मको ट्रेलर दर्शकले मन पराएका छन् ।
दर्शकको चासोलाई ध्यानमा राख्दै आफूहरुले ‘गणपति’ विश्व बजारमा प्रदर्शन गर्न लागेको सेभेन सिज इन्टरटेन्मेन्टका प्रमुख विनोद पौडेलले जानकारी दिए ।
सेभेन सिज र रिजाल एण्ड रिजाल प्रोडक्शनबीच बिहीबार इन्टरनेशनल राइट खरिद–बिक्री सम्झौता सम्पन्न भएको हो । ‘गणपति’ क्यानडा, अमेरिका र युकेमा सेक्टेम्बर १ मा प्रदर्शन हुने छ । मिडिल इस्ट, न्युजिल्याण्ड र अष्ट्रेलियाका हलमा १५ सेप्टेम्बरमा प्रदर्शन हुने पक्का भइसकेको छ भने अन्य देशको प्रदर्शन मिति केही दिनमै तय हुने बताइन्छ ।
सेभेन सिज इन्टरटेन्मेन्ट बिनोद पौडल, प्याट्रिक सुवेदी र रमेश ढकालको संयुक्त अवधारणा र लगानीमा स्थापना गरिएको फिल्म वितरण कम्पनी हो । नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि अहोरात्रका लागि रहेको यो कम्पनीले निर्माणाधीन थुप्रै फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरिसकेको छ ।
सबिन अधिकारीको लेखन र निर्देशनमा बनेको फिल्म ‘गणपति’ मा मुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, स्व.जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमिरे, पुस्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु तथा कालु रानाको अभिनय छ ।
रोनाल्ड श्रेष्ठ क्रिएटिभ हेड रहेको फिल्मको प्रस्तुतकर्ता रामप्रसाद र निर्माता लक्ष्मण रिजाल हुन् । कार्यकारी निर्माता बिज्ञान केसी र अर्बिन्द्र गिरी र सहनिर्मातामा चर्चित फिल्म एडिटर बनिष शाह रहेको फिल्म हरिबहादुर घलेले खिचेका हुन् ।
बिपीन मल्लले सम्पादन गरेको फिल्मको कोरियोग्राफर कविराज गहतराज हुन् । तनहुँ जिल्लाको बिभिन्न स्थानमा खिचिएको फिल्मको नेपाल वितरण श्रीराम बालाजी फिल्मस् र एफडिले गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण