विद्युतको पहुँच ९८ प्रतिशत जनसङ्ख्यामा पुगेको प्राधिकरणको दाबी
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफ्नो ग्राहक सङ्ख्या ५१ लाख ३० हजार पुगेको जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ सम्ममा जम्मा ४७ लाख ७० हजार रहेको ग्राहक सङ्ख्या पछिल्लो वर्ष ७.७६ प्रतिशतले बढेको सिइओ कुलमान घिसिङले जनाएका छन् ।
शुक्रबार आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन सार्वजनिक गरेका सिइओ घिसिङले विद्युतको पहुँच ९८ प्रतिशत जनसङ्ख्यामा पुगेको र अबको २ वर्षभित्र शतप्रतिशत जनसङ्ख्यामा पुग्ने दाबी गरे ।
घिसिङका अनुसार हाल सामुदायिक ग्रामीण विद्युतीकरणबाट विद्युत् सेवा उपभोग गरिरहेका ५ लाख १० हजार ग्राहक सहित राष्ट्रिय ग्रीडबाट विद्युत् सेवा उपभोग गर्ने ग्राहको सङ्ख्या ५६ लाख ४० हजार पुगेको छ ।
यसैगरी राष्ट्रिय ग्राीडको पहुँचबाट ९५ प्रतिशत र साना तथा लघु जलविद्युत आयोजना एवम् सौर्य विद्युतबाट ३ प्रतिशत गरी जम्मा ९८ प्रतिशत जनताले विद्युत् सेवा प्राप्त गरिरहेको जनाएको प्राधिकरणले आगामी २ वर्षभित्र सम्पूर्ण जनतालाई विद्युतको पहुँचमा पुर्याउने गरी वितरण प्रणाली निर्माण कार्य अगाडि बढाइएको जनाएको छ ।
तर, यता समीक्षा अवधिमा यता जलविद्युतको उत्पादन भने १०.१० प्रतिशतले गिरावट आई २ अर्ब ९३ करोड युनिट मात्र विद्युत् उत्पादन भएको प्राधिकरणको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण