नेपाल प्रज्ञा–प्रतिष्ठानको ‘इ–बुकिङ’ हलसेवा शुभारम्भ
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले हल प्रयोगकर्ताका लागि ‘हल इ–बुकिङ सेवा’ खुल्ला गरेको छ ।
प्रज्ञा–प्रतिष्ठानले उपलब्ध गराउँदै आएको कार्यक्रम हललाई अनलाइन माध्यमबाट नै ‘बुकिङ’ गर्न सक्ने व्यवस्थाका लागि ‘हल इ –बुकिङ सेवा’को आज एक समारोहका बीच शुभारम्भ गरिएको हो । प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले यस सेवाको शुभारम्भ गरे ।
कुलपति राईले आजको विश्वमा प्रविधिमैत्री हुनुको विकल्प नभएको भन्दै यस सेवाले हल प्रयोगकर्तालाई छिटो, छरितो र सर्वसुलभ सेवाप्रवाह गर्न सकिने जिकिर गरे ।
प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीले यस सेवाको प्रभावकारिता बढ्ने उल्लेख गर्दै वेबसाइटलाई आवश्यकताअनुसार परिमार्जनसमेत गरिने बताए ।
सिल्भरगेट सफ्टवेयर प्राइभेट लिमिटेडले निमार्ण गरेको ‘हल–इ –बुकिङ’ शुभारम्भ कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’, प्राज्ञ परिषद् सदस्य डा मधुसुदन गिरी, डा कृष्णराज अधिकारी, बाबा बस्नेत, त्रैलोक्यमान बनेपाली ‘अगिव’, अमर न्यौपाने, हङ्सावती कुर्मी, प्राज्ञसभा सदस्य चेतनाथ धमला, प्रशासन प्रमुख सुमन अधिकारी, महाशाखा प्रमुख र प्रज्ञा प्रतिष्ठानका सम्पूर्ण साहित्यकार, कलाकार तथा कर्मचारीको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण