शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मिडियाको आलोचना सरकारलाई सही मार्गदर्शन हुनसक्छ : मुख्यमन्त्री चौधरी

शुक्रबार, ०१ भदौ २०८०, २१ : ३४
शुक्रबार, ०१ भदौ २०८०

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले  मिडियाको  आलोचनाले नै सरकारलाई सही मार्गदर्शन  हुनसक्ने बताएका छन् । बुटवलमा आज साँझ  प्रादेशिक मिडिया सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले सकारात्मक आलोचनाले मात्रै सरकारलाई सफल बनाउने उल्लेख गरे ।

उनले हिजोका दिन प्रजातन्त्र ल्याउन, कमैया मुक्ति अभियान सफल पार्न मिडियाको ठुलो भूमिका रहेको स्मरण गर्दै  मिडियाको  आलोचनाले प्रदेश सरकारलाई सही मार्गदर्शन गर्न सक्ने बताए । सरकारको काम कारबाहीलाई सञ्चार माध्यम र पत्रकारले निगरानी गर्नुपर्ने भन्दै उनले सरकारको गल्तीमा आलोचना गरेरै लेख्न आग्रह  गरे । 

‘मिडिया कमजोर हुँदा सरकार पनि कमजोर हुने भएकोले मिडिया बलियो हुनुपर्ने  प्रदेश सरकारको मान्यता रहेको उनको भनाई  रहेको छ ।  कार्यक्रमका प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले मिडिया बलियो  बनाउन सबै लाग्नु पर्ने बताए । 

dilli2

अग्रज पत्रकारहरू कनकमणि दीक्षित, युवराज घिमिरे, डा.बालकृष्ण चापागाईँ लगायतले पछिल्लो समय मिडियाहरू सङ्कटमा परेको उल्लेख  गरे ।  बहुआयामिक चुनौतीहरूको सामना गर्दै समाजलाई दिशाबोध गर्ने दायित्व मिडियाको रहेको उनीहरूले बताए । 

सम्मेलनमा लुम्बिनी प्रदेशमा रहेका छापा, विद्युतीय र अनलाइन गरी करिब दुईसय जना सञ्चारउद्यमी र पत्रकारहरूको सहभागिता रहेको थियो । सम्मेलनले भोलि मोफसलका मिडियाहरूको सबलीकरण, पत्रकारहरूको रोजगारीको सुरक्षा, विज्ञापन दररेटमा एकरूपता लगायतका विषयमा बसन्तपुर घोषणापत्र जारी गर्ने प्रकाशन तथा प्रसारण सङ्घ लुम्बिनीका अध्यक्ष नवराज कुँवरले जानकारी दिए ।

बुटवलमा पहिलोपटक मिडिया सम्मेलन  भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप