मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
फरक मत

संसद् अवरुद्ध गर्नु नियमसंगत होइन : सुवास नेम्वाङ

शनिबार, ०२ भदौ २०८०, १७ : ००
शनिबार, ०२ भदौ २०८०

काभ्रे । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले  संसदमा दलहरूले गर्ने अवरोध संसदीय अभ्यास विपरीत हुने बताएका छन् । शनिबार काभ्रेको धुलिखेलमा सङ्घीय संसद् सचिवालयले गरेको संसद्–सञ्चार सम्बन्ध कार्यक्रममा बोल्दै नेम्वाङले संसदीय प्रक्रियामा अवरुद्ध गर्नु नियमसंगत नभए पनि  राजनीतिक दलहरूले  कहिलेकाहीँ संसद् अवरोध गर्ने बताए । 

नेम्वाङले भन-'संसदमा अवरोध गर्नु नियमसंगत होइन तर दलहरूले संसदमा राजनीतिक रूपमा अवरोध गर्ने गर्छन् । जसले अवरोध गरे पनि उनीहरूले त्यसको औचित्य पुष्टि गर्न भने सक्नुपर्छ ।' 

उनले भारतको संसदमा पनि अवरोध हुने बताउँदै त्यहाँको संसदमा  फ्लाइङ किस गरेको, आँखा झिम्काएको विषयमा समेत हङ्गामा हुने गरेको टिप्पणी गरे । 

कुनै पनि देशको संसदीय प्रक्रियामा संसद् अवरोध गर्न पाउने व्यवस्था नभएको बताउँदै बहुमत नभएको दलले सरकारले आफ्नो कुरा नसुनेपछि राजनीतिक रूपमा संसद् अवरोध गर्ने गरेको उल्लेख गरे । अहिले आफ्नो दलले संसद् अवरोध गरेको भए त्यसबारेमा दलको तर्फबाट जस्टिफाई गर्न सक्नुपर्ने नेम्वाङको भनाई छ । 

नेम्वाङले संविधान निर्माणको बेला संविधान सभा तर्फको बैठक अवरोध नहुने तर संसद्तिर भने अवरोध हुने गरेको स्मरण गरे । उनले संविधान सभा कालमा संसद् बैठकमा खुर्सानीको धुलो समेत लागिएको बताए ।

उनले संविधान सभा कालमा हालको सत्तारूढ दल माओवादीले पनि संसद् अवरुद्ध गरेको तर्फ लक्षित गर्दै नेम्वाङले गलबन्दी लगाएका सांसद रोष्टममै चढेर आफूलाई त्यही गलबन्दी लगाएर लडाउन आएको भनेर अरूले टिप्पणी समेत गरेको बताए । उनले नेपालले सुधारिएको संसदीय व्यवस्थाको अभ्यास गरेको बताउँदै संसद्लाई प्रभावकारी बनाउन दलहरू जिम्मेवार हुनुपर्नेमा जोड दिए । 

उनले संसद्को समाचार सङ्कलनका लागि लबी रिपोर्टिङको व्यवस्था प्रतिनिधि सभा नियमावलीमै राखिएको उल्लेख गर्दै यसले संसद्को सूचना जनतासामु पुग्न सहज हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप