बसन्तपुरमा ‘तस्बिरमा बालबालिका’ नामक फोटो प्रदर्शनी
काठमाडौँ । काठमाडौँको बसन्तपुरमा ‘तस्बिरमा बालबालिका’ नामक फोटो प्रदर्शनी आयोजना गरिएको छ । १८४ औँ विश्व फोटोग्राफी दिवसको अवसर पारेर राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे) सिविन नेपालको सहयोगमा शनिवार (आज) एकदिने सो फोटो प्रदर्शनी आयोजना गरेको हो ।
प्रदर्शनीमा बालबालिकाका गौरवगाथाहरुलाई चित्रण गर्ने खालका ६० भन्दा बढी तस्बिरहरू समावेश गरिएका छन् । बालबालिकाहरूमा खुसीयाली ल्याउन सो प्रदर्शनी आयोजना गरिएको एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए । ‘बालबालिका राष्ट्रका गौरव हुन्’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा विभिन्न जिल्लाका बालबालिकाहरूले खुसीका साथ गरेका क्रियाकलापहरू समावेश गरिएको तस्बिरहरू छन् । एनएफपीजेले आफ्नो स्थापनाको २५ वर्ष पुगेको अवसर पारेर खेल, मनोरञ्जन र काममा खुसीका साथ सहभागी भएका बालबालिकाहरूलाई थप उत्साही बनाउने उद्देश्यका साथ सो प्रदर्शनी गरिएको जनाएको छ ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण