ला लिगामा बर्सिलोनाको पहिलो जीत
बार्सिलोना । साबिक विजेता बार्सिलोनाले ला लिगाको नयाँ सिजनमा पहिलो जीत हात पारेको छ । आइतबार घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले क्याडिजलाई २–० गोलले हराएको हो ।
क्याम्प नाउको पुननिर्माण कार्य चलिरहेकाले बार्साले यो सिजन ओलम्पिक स्टेडियमलाई घरेलु मैदान बनाएको छ । बराबरी तर्फ अघि बढिरहेको खेलमा बार्साले अन्तिम समयमा दुई गोल गर्न सफल भएको थियो ।
८२ औँ मिनेटमा इल्के गुन्डोगानको पासमा पेड्रीले बार्सालाई अग्रता दिलाएका थिए । त्यसपछि इन्जुरी समयमा रोबर्ट लेवान्डोस्कीको पासमा फेरान टोरेसले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।
बार्सिलोना पहिलो खेलमा गेटाफेसँग बराबरीमा रोकिएको थियो । दुई खेलपछि बार्साको चार अंक पुगेको छ । आइतबारको खेलमा लामिन यामाल बार्सिलोनाका लागि खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए । उनले मात्र १६ वर्ष ३८ दिनमा बार्साका लागि डेब्यू गरेका हुन् ।
आइतबार भएका अन्य खेलमा जिरोनाले गेटाफेलाई ३–० गोलले हरायो भने एट्लेटिको मड्रिड रियल बेटिससँग गोलरहित बराबरीमा रोकियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण