प्रदीप गिरि बीपी पछिकै ठूलो समाजवादी चिन्तक: सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरि बीपी कोइरालापछिको ठूलो समाजवादी चिन्तक भएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा स्व. गिरीको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले समाजवादी चिन्तकको रूपमा बिपी कोइरालापछि कसैको नाम लिने हो भने प्रदीप गिरिकै नाम आउने बताएका हुन् ।
सभापति देउवाले स्व. गिरिका बाँकी कृति र लेखहरू भए प्रकाशित गर्न पार्टीले सहयोग गर्ने बताए । गिरिका लेखबाट सिङ्गो पार्टी नै लाभान्वित हुने उनको भनाई थियो । । उनले भने, ‘उहाँ कहिल्यै नथाक्ने व्यक्तिको रूपमा लिएको छु । उहाँका लेख, कृतिहरू पार्टीले प्रकाशित गर्नुपर्छ । त्यसबाट हाम्रो सिङ्गो पार्टी लाभान्वित हुनेछ ।’
सभापति देउवाले स्व. गिरिप्रति पार्टीमा धेरै लगाव र सम्मान रहेको कुरा कार्यक्रममा उपस्थित समुदायबाट स्पष्ट भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण