बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय
प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाइ सुरु

सोमबार, ०४ भदौ २०८०, १२ : २३
सोमबार, ०४ भदौ २०८०

काठमाडौँ । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठमाथि परेका उजुरीमाथि उजुरीकर्तासँगको छलफल सकेर सुनुवाइ सुरु भएको छ ।  सिंहदरवारस्थित संसदीय समितिको हलमा उजुरीकर्तासँगको छलफललगत्तै सुनुवाइ सुरु भएको हो ।

श्रेष्ठविरुद्ध तीनवटा उजुरी परेका छन् ।  छलफलमा भाग लिँदै सांसद शान्तिकुमार तिमिल्सिनाले कार्यविधिको उल्लङ्घन गरेर श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको भन्दै कानुन सबैले पालना गर्नुपर्ने बताए ।

samsadiya-sunuwai

त्यस्तै सांसद देवेन्द्र दाहालले कानुनी हिसाबले नै सच्याउन जरुरी रहेको बताए । कांग्रेस सांसद रमेश लेखकले सिफारिसबारे सैद्धान्तिक प्रश्न उठेको भन्दै त्यसमा ध्यानाकर्षण भएपनि प्रस्तावित व्यक्तिलाई बोलाएर छलफल गर्न ठिक हुने बताए  ।

त्यस्तै अर्का सांसद जीवन परियारले संवैधानिक परिषद पूर्ण सदस्य रहेर त्यसले सर्वसम्मत निर्णय गरे कानुनसम्मत हुने बताए ।  सांसद प्रकाश अधिकारीले जस्तो सिफारिस आयो त्यसलाई ठप्पा लगाउने काम समितिको नभएको बताए ।

छलफलपछि समितिका सभापति पशुपतिशमशेर राणाले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई समितिमा उपस्थित भएर जवाफ दिने व्यवस्था मिलाउन निर्देशन दिए । त्यसपछि श्रेष्ठले समितिको बैठकमा न्यायपालिका सुधारका कार्य योजना पेश गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप