प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाइ सुरु
काठमाडौँ । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठमाथि परेका उजुरीमाथि उजुरीकर्तासँगको छलफल सकेर सुनुवाइ सुरु भएको छ । सिंहदरवारस्थित संसदीय समितिको हलमा उजुरीकर्तासँगको छलफललगत्तै सुनुवाइ सुरु भएको हो ।
श्रेष्ठविरुद्ध तीनवटा उजुरी परेका छन् । छलफलमा भाग लिँदै सांसद शान्तिकुमार तिमिल्सिनाले कार्यविधिको उल्लङ्घन गरेर श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको भन्दै कानुन सबैले पालना गर्नुपर्ने बताए ।

त्यस्तै सांसद देवेन्द्र दाहालले कानुनी हिसाबले नै सच्याउन जरुरी रहेको बताए । कांग्रेस सांसद रमेश लेखकले सिफारिसबारे सैद्धान्तिक प्रश्न उठेको भन्दै त्यसमा ध्यानाकर्षण भएपनि प्रस्तावित व्यक्तिलाई बोलाएर छलफल गर्न ठिक हुने बताए ।
त्यस्तै अर्का सांसद जीवन परियारले संवैधानिक परिषद पूर्ण सदस्य रहेर त्यसले सर्वसम्मत निर्णय गरे कानुनसम्मत हुने बताए । सांसद प्रकाश अधिकारीले जस्तो सिफारिस आयो त्यसलाई ठप्पा लगाउने काम समितिको नभएको बताए ।
छलफलपछि समितिका सभापति पशुपतिशमशेर राणाले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई समितिमा उपस्थित भएर जवाफ दिने व्यवस्था मिलाउन निर्देशन दिए । त्यसपछि श्रेष्ठले समितिको बैठकमा न्यायपालिका सुधारका कार्य योजना पेश गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण