ललिता निवास प्रकरण : पूर्वमन्त्री जोशीलाई सीआईबीले बयान नलिई फर्कायो
काठमाडौँ । बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वभुमिसुधार मन्त्री चन्द्रदेव जोशीलाई नेपाल प्रहरीले बयान लिन सीआईबीको कार्यालयमै बोलाएर त्यसै फर्काएको छ ।
पूर्वमन्त्री जोशीलाई बयानका लागि सोमबार सीआईबी प्रमुख किरण वज्राचार्यले फोन गरेर कार्यालयमा बोलाएकी थिइन् । सीआईबी प्रमुखले बोलाएपछि जोशी सोमबार दिउँसो १ बजे सीआईबीको कार्यालय पुगेका थिए । तर बयान दिन कार्यालय पुगेपनि फेरि बोलाउला भनेर त्यसै फर्काएको जोशीले बताएका छन् ।
‘पहिलो पटक सीआईबी प्रमुख आफैले बयानका लागि भनेर बोलाउनु भयो । तर फेरि अहिले नआउनु भनि खबर आयो । आज फेरि बोलाए बमोजिम सवा १ बजे सीआईबी कार्यालय पुगेको थिएँ’, जोशीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर बयान नलिई फेरि बोलाउँला भनी फर्काइयो ।’
जोशीले भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा आफ्नो प्रतिबद्धता कायम रहेको भन्दै आफू फरार नभएको पनि बताएका छन् । ललिता निवास जग्गा हिनामिना प्रकरणमा सीआईबीले पूर्व प्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको समेत बयान लिएर प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण