कांग्रेससँगको सहकार्य सत्ता स्वार्थका लागि मात्र होइन : वर्षमान पुन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपालका राजनीतिक दलबीच सैद्धान्तिक कुराहरु मिलेर नै सहकार्य भइरहेको बताएका छन् ।
काठमाडौँको प्रज्ञामा स्कुल अफ डेमोक्रेशीद्वारा प्रदीप गिरिको स्मृतिमा सोमबार आयोजित कार्यक्रम उनले नेपाली कांग्रेससँग विगतदेखि सैद्धान्तिक कुरा मिलेर नै सहकार्य भइरहेको बताए । ‘मात्र सत्ता स्वार्थका लागि होइन । शान्तिवार्ता, संविधानसभामार्फत संविधान निर्माण केही साझा विन्दुहरु बनाएका छौं । त्यसमा हाम्रो सहकार्य हो,’ उनले भने ।
संविधान बचाउने र हाम्रो स्थापित लोकतन्त्रलाई परिमार्जन गरेर अगाडि बढाउने विषयमा दलहरु एक ठाउँमा रहेको पुनको भनाइ छ । ‘यसको जगमा आर्थिक विकास गर्ने सकिन्छ । सामाजिक न्यायसहितको वितरण भन्ने कुरामा हामी मिलेर नै एक ठाउँमा छौं ।’
यस्तै उनले हाम्रा आस्था, विचारहरु ग्राउडसँग मिलेनन् भने सफल हुन नसकिने बताए । ‘हामीले हाम्रो यथार्थलाई आधार बनाएर मिलेर जानुपर्छ । राष्ट्रिय मुद्दामा हामी सत्ता र प्रतिपक्ष नभनी सहकार्य गर्छौ,’ पुनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण