माओवादी केन्द्रलाई सरकार बाहिर राख्ने प्रयास भइरहेको छ : उपमहासचिव पुन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्रलाई सरकार बाहिर राख्ने प्रयास भइरहेको दाबी गरेका छन् ।
माओवादीको उपत्यका विशेष प्रदेश समितिको बैठकमा उनले हरेक कोणबाट माओवादीलाई दबाब आइरहेको दाबी गरेका हुन् ।
उपमहासचिव पुनले एमाले, रास्वपा, राप्रपासहित सरकार र कांग्रेस(एमालेको सरकार बनाउने प्रयास भएको बताए । उनले माओवादी केन्द्रले राम्रो काम गरिरहेकाले सम्भव नभएको भन्दै उक्त प्रयास असफल भएको बताए ।
उपमहासचिव पुनले यस्ता प्रयास रोक्न संगठनको आवश्यक रहेको बताउँदै तीन महिने अभियान सफल बनाउन आग्रह गरे ।
उपमहासचिव पुनले माओवादीले गरेको कामहरूको प्रचार गर्न आवश्यक रहेको चर्चा गर्दै तीन महिनामा नतिजा देखिने गरी काम गर्नुपर्ने बताए ।
माओवादी नेतृत्वको सरकारले राम्रो काम गरिरहेको र जनताले पनि साथ दिएको कारण यसको फाइँदा पार्टीले लिनु पर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता
-
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा