सन्नी देओलको ५६ करोडको ऋण अक्षय कुमारले तिरिदिने ? अभिनेताले बताए वास्तविकता
बलिउड अभिनेता अक्षय कुमार कसैलाई सहयोग गर्ने कुरामा सधैँ अग्रसर हुन्छन् । यद्यपि, लामो समयदेखि उनका फिल्महरू लगातार फ्लप भइरहेका छन् । हालै रिलिज भएको फिल्म ओएमजी २ ले पनि सन्नी देओलको फिल्म गदर २ सँग कडा प्रतिस्पर्धा गर्नु परिरहेको छ ।
गदर २ का कारण अक्षयको फिल्मले कम स्क्रिन पाइरहेको छ । जसका कारण १० दिनपछि पनि फिल्मको कमाई ११० करोड मात्रै हुन सकेको छ । यस्तै गदर २ को विश्वव्यापी कमाई ५०० करोड सम्म पुग्ने भएको छ ।
यसैबीच भारतीय समाचार माध्यममा सन्नी देओलको ऋण तिर्न अक्षय कुमारले मद्दत गर्न लागेको खबर प्रकाशित भएका थिए । उक्त रिपोर्टमा अक्षय कुमारले सन्नीलाई ३० करोड भारु रकम सहयोग गर्न लागेको बताइएको थियो । यद्यपि, अब अक्षय कुमारका प्रवक्ताले यस खबरबारे आफ्नो प्रतिक्रिया दिएका छन् ।
सन्नीलाई अक्षयलाई सहयोग गर्न लागेका होइनन्
ऋण तिर्नका लागि सन्नीलाई अक्षय कुमारले पैसा दिन लागेको खबर झुटो भएको अर्को खबर प्रकाशित भएको छ । अक्षय कुमारका प्रवक्ताले यसलाई अफवाहको संज्ञा दिँदै झुटो बताएका छन् ।
स्मरण रहोस्, सन्नीमाथि बैंकको लगभग ५५ करोड ऋण छ भनेर खबर आएको थियो । यो तिर्नका लागि उनको जुहुस्थित बंगला लिलामी हुने पनि बताइएको थियो । यद्यपि, बंगला लिलामी गर्ने नोटिसलाई बैंकले प्राविधिक समस्याका कारण फिर्ता लिएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण