विद्युत् वितरण र निर्यातको लागि पूर्वाधार निर्माणमा सरकारले महत्त्व दिएको छ : मन्त्री बस्नेत
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् वितरण र निर्यातको लागि आवश्यक पर्ने पूर्वाधारका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम गरिहरेको बताएका छन् ।
मंगलबार भरतपुर सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले विद्युत् खपत बढाउन र आपूर्तिलाई गुणात्मक रुपमा सुधारका लागि प्रसारण तथा वितरण प्रणाली सुधार गरी विद्युत् निर्यातको लागि समेत आवश्यक पर्ने पूर्वाधारका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर सरकारले काम गरिहरेको बताए ।
मन्त्री बस्नेतले नेपालमा खपत भएर अतिरिक्त भएको विद्युत् निर्यातका लागि अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई पनि प्राथमिकता दिएर काम भइरहेको बताए । उनले विद्युत् विकासमा भएको सुधारसँगै आएका नयाँ चुनौतीहरूलाई अवसरको रुपमा सरकारले ग्रहण गरिरहेको बताए । उनले यो जिम्मेवारीलाई पूरा गर्ने गरी देश व्यापी रुपमा ट्रान्समिसन लाइनको बिस्तार र प्रसारण तथा वितरण प्रणाली सुधार गरी गुणात्मक बनाउनको लागि मिटर रिडिङ प्रणाली कार्यान्वयन गर्न लागेको बताए । उनले ४०० केभिका अन्तरदेशीय प्रसारण लाइन निर्माण कार्य सुरु गरेका पनि बताए ।
मन्त्री बस्नेतले मुलुकमा विद्युत् उत्पादन र खपत वृद्धिको भार बहन गर्नसक्ने गरी प्रसारणलाइनहरुको विकास बिस्तार गरी रहेको बताए । उनले सरकारले आन्तरिक वितरण प्रणालीलाई व्यवस्थित गर्ने गुणस्तरीय बनाउने र विद्युत् व्यापारमा जोड दिएर एकीकृत योजना बनाई रहेको बताए । उनले सरकारले सेवा प्रवाहको लागि मात्रै नभएर सबैको लागि ऊर्जा, विकासको लागि ऊर्जा,समृद्धिको लागि ऊर्जा र स्वच्छ वातावरणको लागि ऊर्जाको लागि योजना बनाएर काम गरिरहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण