बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा करेन्ट लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

बुधबार, ०६ भदौ २०८०, २२ : १४
बुधबार, ०६ भदौ २०८०

झापा । अर्जुनधारा नगरपालिका–९ निवासी एक युवाको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

बस्तुलाई कुटी काट्ने मेसिनबाट अचानक श्रीमती २२ वर्षीया ममता रेग्मीलाई करेन्ट लागेपछि बचाउन खोज्दा २४ वर्षीय अमृत रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताए ।

उनका अनुसार ममतालाई करेन्ट लागेपछि बचाउन खोज्दा उनलाई पनि करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते हुनुभएका दुवैलाई उपचारका लागि शनिश्चरेस्थित शङ्कर अस्पताल लैजाँदै गर्दा अमृतको बाटैमा मृत्यु भएको उनको भनाइ छ । 

ममताको अवस्था मध्यम रहेको र हाल बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । अमृतको शवलाई कानूनी प्रक्रिया पूरा गरीे शव परीक्षणका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।

इलाम नगरपालिका–२ स्थायी घर भएका रेग्मी परिवार केही समयदेखि अस्थायीरूपमा अर्जुनधारा–९ कटहरडाँडामा बसोबास गर्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप