वाग्नरकाे प्रमुख प्रिगोजिन मारिँदा पुटिन के गरिरहेका थिए ?

बुधवार वाग्नर सेनाका प्रमुख येभगेनी प्रिगोजिन विमान दुर्घटनामा मारिएको खबर आउँदा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन के गरिरहेका थिए ? यो प्रश्न धेरैको मनमा उब्जिएको हुनसक्छ । खासमा पुटिन त्यति बेला एक कार्यक्रममा भाषण दिइरहेका थिए ।
पुटिनले त्यति बेला नाजी जर्मनीमाथि सोभियत युद्धको विजयको ८०औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा भाषण दिइरहेका थिए ।
सन् १९४३ को यो युद्धलाई इतिहासको सबैभन्दा ठुलो ट्याङ्क युद्ध मानिन्छ ।
पुटिनले आफ्नो सम्बोधनमा विमान दुर्घटनाको उल्लेख गरेनन् तर युक्रेनमा लडिरहेका रुसी सैनिकलाई श्रद्धाञ्जली भने दिए ।
यसअघि पुटिनले दक्षिण अफ्रिकामा भइरहेको ब्रिक्स शिखर सम्मेलनमा भर्चुअल रूपमा भाग लिएका थिए । यहाँ उनले युक्रेनमा जारी युद्ध अन्त्य गर्ने वाचा गर्दै पश्चिमी देशहरूले युद्ध सुरु गरेको आरोप लगाए ।
प्रिगोजिन, पुटिनलाई चुनौती दिने व्यक्ति
येभगेनी प्रिगोजिन वाग्नर सेनाका प्रमुख थिए, जुन उनले सन् २०१४ मा गठन गरेका थिए ।
आपराधिक रेकर्ड भएका धनी व्यापारी प्रिगोजिनलाई ‘पुटिनको सेफ’ भनिन्थ्यो किनभने उनले क्रेमलिनको खानपान सेवाको निरीक्षण गर्थे ।
यस वर्षको जुनमा, उनले रुसविरुद्ध विद्रोह गरे र दक्षिणी रुसी सहर रोस्तोभ–अन–डन कब्जा गरे । यद्यपि विद्रोह असफल भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालको दाङ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
नेपाल पुलिस स्कुलसँग फराकिलो अन्तरले हार्यो भ्याली पब्लिक स्कुल
-
अन्तर्राष्ट्रिय विमानस्थल र स्थल सीमा नाकामा सुरक्षा निगरानी बढाउने सुरक्षा समितिको निर्णय
-
भैरहवा सेज चलायमान बन्दै, उत्पादन र निर्यात बढ्दो
-
‘मितज्यू’ मा स्मिता अनुबन्धित
-
ललितपुरको एकान्तकुनामा खुल्यो इभेन्ट भेन्यू ‘म्याजेष्टिक ग्राण्ड’