मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

मौसम र बाढी पहिरोको सूचना प्रवाहलाई थप भरपर्दो बनाउँछौ : मन्त्री बस्नेत

बिहीबार, ०७ भदौ २०८०, १३ : १५
बिहीबार, ०७ भदौ २०८०

कठमाडौँ । सरकारले जल तथा मौसम विज्ञन विभागलाई थप साधन स्रोत सम्पन्न बनाई मौसम र बाढी पहिरोको सूचना प्रवाहलाई भरपर्दो र विश्वसनीय बनाउने भएको छ । पछिल्ला दिनमा जल तथा मौसमको सूचना संकलनका लागि देशव्यापी रुपमा जडान गरिएका उपकरणका कारण पनि वास्तविक सूचना प्राप्त भइरहेको उल्लेख गर्दै सरकारले त्यसलाई थप व्यवस्थित बनाउने भएको हो । 

जल तथा मौसम विज्ञान विभागको अवलोकन तथा निरीक्षणका लागि पुगेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विभागलाई थप साधन र स्रोतले सम्पन्न बनाउने र मौसम पूर्वानुमानलाई थप भरपर्दो बनाउने बताए ।  बाढी तथा पहिरोको पूर्वानुमानका कारण देशका विभिन्न भागमा ठूलो जनधनको क्षति रोकिएको र आम जनतामा थप सूचना प्रवाहका लागि विभागले गरिरहेको काम कारबाहीको मन्त्री बस्नेतले प्रशंसा गरे ।

हाल विभागले प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई सम्बन्धित क्षेत्रको नदी तथा मौसमको सूचना प्रवाह गर्ने गरेको छ । यस्तै, बाढी तथा पहिरो प्रभावित क्षेत्रका नागरिकलाई समेत छोटकरी सन्देश पठाउने गरेको छ ।

यसबाट जनधनको क्षति कम हुन सहयोग पुगेको छ ।  मन्त्री बस्नेतले जलवायु परिवर्तनका कारण देशव्यापी रुपमा मौसममा अनेकन खालका समस्या बढ्दै गएकाले त्यसबाट जोगिन पूर्वतयारीको कामलाई थप प्रभावकारी बनाउनुपर्ने बताए ।

अतिवृष्टि, खण्डवृटि तथा खडेरी जस्ता समस्या बढ्दै गएको अवस्थामा त्यसबाट जोगिन पूर्वतयारी गर्नुपर्ने र यस्ता संस्थालाई थप सबल बनाउनुपर्ने भएकाले सरकार त्यसका लागि प्रतिवद्ध रहेको उनको भनाइ छ ।  जल तथा मौसम विभान विभागका महानिर्देशक जगदिश्वरमान कर्माचार्यले पाँच सात वर्ष पहिले मौसम पूर्वानुमान कमजोर भएपनि पछिल्ला दिनमा विश्व्सनीय र भरपर्दो रहेको बताए ।

उनले विभागलाई साधन र स्रोत सम्पन्न बनाउन मन्त्री बस्नेतलाई आग्रह गरे । हाल विभागले दैनिक रुपमा २४ घण्टाको मौसम पूर्वानुमानको जानकारी दिने गरेको छ ।

यस्तै, तीन दिन र सात दिनको समेत पूर्वानुमान गर्ने गरेको छ । विभिन्न छिमेकी देशसँग पनि सहकार्य गरेर पूवर्मानुमानलाई थप भरपर्दो र विश्वसनीय बनाउँदै आएको छ । सो अवसरमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देलको पनि उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप