सरकारले धीरेन्द्र शास्त्रीलाई बोलाएर नेपालमा धार्मिक द्वन्द्व गराउन खोज्यो : अमरेशकुमार सिंह
काठमाडौँ । नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले सरकारले धीरेन्द्र शास्त्री बागेश्वरबाबा धामलाई निमन्त्रणा गरेर धार्मिक द्वन्द्व गराउन खोजेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद सिंहले प्रधानमन्त्री र पुरै मन्त्रीमण्डललाई भारतमा गेरुवाबस्त्र धारण गराएपछि नेपालमा भारतीय बाबाहरुको लर्को लागेको बताए ।
उनले भने,‘प्रधानमन्त्रीकै निम्तो हो कि हैन बुझ्नैपर्छ, म सरकारसँग सोध्न चाहन्छु, एउटा धीरेन्द्र शास्त्री आउनुभयो, उहाँले कति सभ्य भाषा बोल्नुभयो आम जनतालाई थाहा छ । यहाँ सरकारले धार्मिक दंगा गराउन खोज्दैछ ।’
सांसद सिंहले अगाडि भने–‘अर्को फेरि मुरारी बापुपनि आउँदै हुनुहुन्छ । म सरकारसँग सोध्न चाहन्छु कि भोलि बुद्धिष्ट भिक्षु आउँदाखेरी त्यस्तो सुरक्षा अगाडि पछाडि दिन मिल्छ कि मिल्दैन ? भोलि मुसलमानको मौलना आउँदाखेरी त्यति छुट हुन्छ कि हुँदैन ? भोलि क्रिष्चियनको पोप आउँदाखेरी...किनकि नेपालको संविधान धर्मनिरपेक्ष संविधान हो । प्रधानमन्त्रीलाई छुट छैन कि धर्मतिर लैजाने । अहिलेको सरकार देशलाई धार्मिक जातीय दंगातिर लगिरहेछ ।’
उनले जुन देश जातीय र धार्मिक द्वन्द्वमा जान्छ त्यो देशमा वर्षौसम्म द्वन्द्व हुने बताउँदै आज मधेस धार्मिक द्वन्द्वको चपेटामा पर्न लागेको दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण