कित्ताकाट खुलेपछि घरजग्गा व्यवसायीले खोजे बैंकको साथ

काठमाडौँ । सरकारले लामो समयदेखि रोकेर राखेको कित्ताकाट खोलेपछि घरजग्गा व्यवसायीले बैंकहरुको साथ खोजेका छन् । कित्ताकाट खोल्ने सरकारको निर्णयपछि घरजग्गाको कारोबार बढाउनका लागि व्यवसायीहरुले वाणिज्य बैंकहरुको साथ खोजेका हुन् ।
यसका लागि नेपाल जग्गा तथा आवास विकास महासंघले नेपाल बैकर्स संघका पदाधिकारीसँग छलफल गरेका छन् । घरजग्गाको कारोबार बढाउने र अर्थतन्त्र चलायमान बनाउने लक्ष्यसहित महासंघका प्रतिनिधिले बैंकर्ससँग छलफल गरेका हुन् ।
त्यसक्रममा धितो र कर्जाको अनुपात, जग्गा तथा घरको बजार मूल्य निर्धारणका सूत्रहरु, घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गर्दाको प्रिमियम लगायतका विषयमा छलफल भएको थियो । यस्तै, डिपोजिटको ब्याजदर र जग्गाको हदबन्दी गरी विभिन्न ५ विषयमा छलफल भएको महासंघले जनाएको छ ।
अध्यक्ष भेषराज लोहनीले कर्जा र धितोको अनुपात (लोन टु भ्यालु रेसियो) ७० प्रतिशत पुर्याउनुपर्ने, घरजग्गा बजार मूल्यमा एकरुपता कायम गर्न त्यस्तो मूल्य निर्धारण गर्ने सूत्र एउटै हुनुपर्ने बताएका थिए । यस्तै, घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गर्दा तोकिने प्रिमियम दर कम हुनुपर्ने लगायतका विषय लोहनीले उठाएका थिए ।
बैंकर्स एसोसिएशनका अध्यक्ष सुनिल केसीले संयुक्तरुपमा पहल गरेर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन