कित्ताकाट खुलेपछि घरजग्गा व्यवसायीले खोजे बैंकको साथ
काठमाडौँ । सरकारले लामो समयदेखि रोकेर राखेको कित्ताकाट खोलेपछि घरजग्गा व्यवसायीले बैंकहरुको साथ खोजेका छन् । कित्ताकाट खोल्ने सरकारको निर्णयपछि घरजग्गाको कारोबार बढाउनका लागि व्यवसायीहरुले वाणिज्य बैंकहरुको साथ खोजेका हुन् ।
यसका लागि नेपाल जग्गा तथा आवास विकास महासंघले नेपाल बैकर्स संघका पदाधिकारीसँग छलफल गरेका छन् । घरजग्गाको कारोबार बढाउने र अर्थतन्त्र चलायमान बनाउने लक्ष्यसहित महासंघका प्रतिनिधिले बैंकर्ससँग छलफल गरेका हुन् ।
त्यसक्रममा धितो र कर्जाको अनुपात, जग्गा तथा घरको बजार मूल्य निर्धारणका सूत्रहरु, घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गर्दाको प्रिमियम लगायतका विषयमा छलफल भएको थियो । यस्तै, डिपोजिटको ब्याजदर र जग्गाको हदबन्दी गरी विभिन्न ५ विषयमा छलफल भएको महासंघले जनाएको छ ।
अध्यक्ष भेषराज लोहनीले कर्जा र धितोको अनुपात (लोन टु भ्यालु रेसियो) ७० प्रतिशत पुर्याउनुपर्ने, घरजग्गा बजार मूल्यमा एकरुपता कायम गर्न त्यस्तो मूल्य निर्धारण गर्ने सूत्र एउटै हुनुपर्ने बताएका थिए । यस्तै, घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गर्दा तोकिने प्रिमियम दर कम हुनुपर्ने लगायतका विषय लोहनीले उठाएका थिए ।
बैंकर्स एसोसिएशनका अध्यक्ष सुनिल केसीले संयुक्तरुपमा पहल गरेर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण