आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
केन्द्रीय कमिटीको निर्णय

पार्टी गठनको २ वर्षमै दशौं महाधिवेशन गर्दै एकीकृत समाजवादी !

बिहीबार, ०७ भदौ २०८०, २० : ०७
बिहीबार, ०७ भदौ २०८०

काठमाडौँ । पार्टी गठन भएको २ वर्षमै १० औं महाधिवेशन गर्ने भनेको सुन्दा अचम्म लाग्न सक्छ । तर अचम्म मानेपनि विश्वास गर्नुपर्ने भएको छ । किनकि एमालेबाट विद्रोह गरेर बनेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पार्टी गठन भएको दुई वर्षमै आगामी माघ महिनामा दशौं महाधिवेशन गर्ने निर्णय गरेको छ । नेपाल नेतृत्वको पार्टी २०७८ भदौ २ मा गठन भएको थियो ।

भदौ ५ गते सुरु भएर ७ गते बिहीबार सम्पन्न सो पार्टीको छैठौ केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । उसले एमालेसँग विद्रोह गरेर पार्टीको पुनर्गठन गरेकाले एमालेकै लिगेसी रहेको भन्दै दशौं महाधिवेशन गर्ने निर्णय गरेको दाबी गरेका छ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका नेता जगन्नाथ खतिवडाले एमालेले वैचारिक, राजनीतिक, संगठनात्मक सबै सीमा क्रस गरेर चरम दक्षिणपन्थी अवसरवादी बाटोमा गएको हुनाले एमाले अब चल्नै नसक्ने दाबी समेत गरे । 

‘एमालेले नेपाली क्रान्तिको नेतृत्व गर्न सक्दैन, देशलाई समाजवादको दिशामा लैजान सक्दैन, एमालेले जस्ता प्रवृत्ति अपनाएको छ, त्यसले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन सक्दैन भन्ने निष्कर्षका साथ हामीले त्यसलाई पुनर्गठन गरेका हौं’, उनले भने, ‘यो विद्रोह त्यही पुनर्गठन हो । पुनर्गठन गरेपछि त्यो पार्टीको स्वामित्व हामीले लिएका छौं ।’ उनले सोही कारण दशौं महाधिवेशन गर्न गइरहेको प्रष्टीकरण दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप