शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

येभगेनी प्रिगोजिन : विमान दुर्घटनाबारे पुटिनले मौनता तोडे, भने – उनी एक....

शुक्रबार, ०८ भदौ २०८०, ०७ : ४०
शुक्रबार, ०८ भदौ २०८०

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी निजी सेना प्रमुख येभगेनीको विमान दुर्घटनामा मृत्यु भएकोमा पहिलो पटक प्रतिक्रिया दिएका छन् ।

पुटिनले दुर्घटनामा मारिएका सबै यात्रुका परिवारलाई श्रद्धाञ्जली दिएका छन् । त्यस्तै वाग्नर समूहका संस्थापक प्रिगोजिनलाई एक प्रतिभाशाली व्यापारी बताए ।

आफ्नो टेलिभिजन सम्बोधनमा पुटिनले भने, ‘यो घटनाको अनुसन्धान भइरहेको छ । अनुसन्धानकर्ताहरूले के भयो भनेर हेर्नेछन् तर यसमा समय लाग्नेछ ।’

पुटिनले बिहीबार बिहान दुर्घटनाको जानकारी पाएको बताए ।

पुटिनले भने, ‘जहाँसम्म मलाई थाहा छ, प्रिगोजिन हिजो मात्र अफ्रिकाबाट फर्केका थिए । त्यहाँ उनले केही अधिकारीलाई भेटे ।’

‘मैले प्रिगोजिनलाई लामो समयदेखि चिनेको छु, १९९० को सुरुवातदेखि । उनी एक यस्ता व्यक्ति थिए जसले आफ्नो जीवनमा गम्भीर गल्ती गरे र उनी आफ्नो भाग्यसँग लडिरहेका थिए । तर उनले आवश्यक कुराहरू हासिल गर्ने कोसिस पनि गरे – आफ्ना लागि र सर्वसाधारणका लागि पनि।’

पुटिन थप्छन्, ‘प्रारम्भिक अनुसन्धानले वाग्नर कम्पनीका कर्मचारीहरू विमानमा सवार थिए भनेर देखाएको छ । म ध्यान आकृष्ट गर्न चाहन्छु कि उनीहरु ती व्यक्ति हुन् जसले युक्रेनमा नयाँ नाजी शासनसँग लड्न हाम्रो साझा उद्देश्यमा महत्त्वपूर्ण योगदान दिएका छन् । हामी यो कुरा सम्झिरहनेछौँ । यसलाई बिर्सने छैनौँ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप