येभगेनी प्रिगोजिन : विमान दुर्घटनाबारे पुटिनले मौनता तोडे, भने – उनी एक....
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी निजी सेना प्रमुख येभगेनीको विमान दुर्घटनामा मृत्यु भएकोमा पहिलो पटक प्रतिक्रिया दिएका छन् ।
पुटिनले दुर्घटनामा मारिएका सबै यात्रुका परिवारलाई श्रद्धाञ्जली दिएका छन् । त्यस्तै वाग्नर समूहका संस्थापक प्रिगोजिनलाई एक प्रतिभाशाली व्यापारी बताए ।
आफ्नो टेलिभिजन सम्बोधनमा पुटिनले भने, ‘यो घटनाको अनुसन्धान भइरहेको छ । अनुसन्धानकर्ताहरूले के भयो भनेर हेर्नेछन् तर यसमा समय लाग्नेछ ।’
पुटिनले बिहीबार बिहान दुर्घटनाको जानकारी पाएको बताए ।
पुटिनले भने, ‘जहाँसम्म मलाई थाहा छ, प्रिगोजिन हिजो मात्र अफ्रिकाबाट फर्केका थिए । त्यहाँ उनले केही अधिकारीलाई भेटे ।’
‘मैले प्रिगोजिनलाई लामो समयदेखि चिनेको छु, १९९० को सुरुवातदेखि । उनी एक यस्ता व्यक्ति थिए जसले आफ्नो जीवनमा गम्भीर गल्ती गरे र उनी आफ्नो भाग्यसँग लडिरहेका थिए । तर उनले आवश्यक कुराहरू हासिल गर्ने कोसिस पनि गरे – आफ्ना लागि र सर्वसाधारणका लागि पनि।’
पुटिन थप्छन्, ‘प्रारम्भिक अनुसन्धानले वाग्नर कम्पनीका कर्मचारीहरू विमानमा सवार थिए भनेर देखाएको छ । म ध्यान आकृष्ट गर्न चाहन्छु कि उनीहरु ती व्यक्ति हुन् जसले युक्रेनमा नयाँ नाजी शासनसँग लड्न हाम्रो साझा उद्देश्यमा महत्त्वपूर्ण योगदान दिएका छन् । हामी यो कुरा सम्झिरहनेछौँ । यसलाई बिर्सने छैनौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण