बौद्धमा गाईजात्रा : स्थानीय संघ–संस्थालाई १० विधामा प्रतिस्पर्धा गराइने
काठमाडौँ । काठमाडौँ बौद्धका स्थानीयवासीले गाईजात्रा कार्यक्रमको आयोजना गर्ने भएका छन् । शुक्रवार गाईजात्रा तथा रोपाइँ जात्रा मूल समारोह समितिले पत्रकार सम्मेलनको आयोजना गरी भदौ १४ गते गाईजात्रा कार्यक्रम आयोजना गरिने जानकारी दिएको हो ।
आयोजकका अनुसार गाईजात्रामा सामाजिक, धार्मिक र स्थानीय क्लबहरूको सहभागिता रहनेछ ।
जात्रामा १० वटा विधाहरूमा प्रतिस्पर्धा गराई प्रत्येक विधामा छनौट प्रक्रियाबाट पुरस्कृत गरिने समेत समितिले जनाएको छ । समितिका अनुसार प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र २५ सय राशिको नगद पुरस्कारसहित प्रमाणपत्र, पदक र ट्रफी प्रदान गरिने कार्यक्रम रहेको छ ।
गाईजात्रामा रोपार, बौसे, हलगोरु, झाँकी, हास्य–व्यङ्ग्य, ख्याली, लाखे, घोडा, बाल रोपार र बाल बौसे विधामा प्रतिस्पर्धा हुने मूल समारोह समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण