शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मुलुकको इज्जतका लागि तस्करी नियन्त्रण गर्नुपर्छ : एमाले अध्यक्ष ओली

शुक्रबार, ०८ भदौ २०८०, १६ : ५३
शुक्रबार, ०८ भदौ २०८०

मोरङ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको इज्जत जोगाउन तथा अर्थतन्त्र र आर्थिक उन्नतिका लागि तस्करी नियन्त्रण अति आवश्यक रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले तस्करीका कारण मुलुकको विकासमा बाधा उत्पन्न हुने भएकाले यसलाई अविलम्ब रोक्न माग गरे ।

पूर्वप्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र एमाले दुई ठूला जिम्मेवार राजनीतिक दलले मुलुकमा सुशासन, आर्थिक विकासका लागि मिलेर आगाडि बढ्नुपर्नेमा दुई मत नरहेको स्पष्ट पारे । उनले एमाले सरकार निर्माण गर्नेतर्फ ध्यान नदिएको भन्दै राजनीतिक स्थिरता, सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक विकासतर्फ केन्द्रित रहेको धारणा राखे । 

अध्यक्ष ओलीले कोशी प्रदेशमा सरकार निर्माणका सम्बन्धमा भइरहेका राजनीतिक गतिविधिमा असन्तुष्टि व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप