कोशी प्रदेशमा जातीय सद्भाव बिथोल्ने काम सरकार आफैँले गरिरहेको छ : न्यौपाने
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले कोशी प्रदेशमा जातीय सद्भाव बिथोल्ने काममा सरकार र सत्तारुढ गठबन्धन आफैँ संलग्न रहेको आरोप लगाएकी छन् ।
आइतबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै न्यौपानेले सत्तारुढ गठबन्धनले जातीय सद्भावमा खलल पुर्याउने खालका गतिविधि गरिरहेको उल्लेख गर्दै तत्काल त्यस्ता खालका गतिविधिलाई नियन्त्रण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएकी हुन् ।
सांसद न्यौपानेले बहुजात, बहुधर्म, बहुसंस्कृति नेपालको पहिचान भएपनि त्यसमाथि खलल पुर्याउने काम सत्तारुढ गठबन्धनबाटै हुनु मुलुकको लागि दुःखद भएको समेत बताइन् । सांसद न्यौपानेले भनिन्, ‘आज धार्मिक सहिष्णुतामाथि खलल पुग्ने खालका गतिविधिहरू सञ्चालन भइराखेका छन् । वास्तवमा बहुजात, बहुधर्म, बहुसंस्कृति हाम्रो नेपालीहरूको जे पहिचान छ । त्यो हाम्रो गर्व हो । अभिशाप होइन । जातीय सद्भावमा खलल पुग्ने गरी जे गतिविधिहरू सञ्चालन भइराखेका छन् । त्यो अत्यन्तै दुःखद छ ।’
सांसद न्यौपानेले संविधान विपरीत गएर सत्तारुढ गठबन्धनले कोशी प्रदेश सरकार निर्माण गर्ने काम गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गरेकी छन् । ‘आज कोशीमा पहिचानको नाममा जातीय सद्भावमा खलल पुग्ने गरी गतिविधिहरू भइरहेका छन् । त्यसलाई उक्साउने काम गठबन्धनबाटै भइरहेको छ । त्यसलाई नियन्त्रण गर्न भन्दा, जातीय सद्भाव कायम गर्न भन्दा त्यसलाई उक्साउने र अराजकतातिर लैजाने खालको परिस्थितिहरू आज गठबन्धनबाट, सरकारबाट त्यस्ता खालको गतिविधिहरू भइराखेका छन्,’ उनले थपिन्, ‘त्यसैले म सचेत गराउन चाहन्छु–मिलेर बसेका नेपालीहरूलाई जातजातिको नाममा लडाई गराएर यो देशलाई रुवान्डा बनाउन हामी चाहँदैनौँ । त्यसैले त्यसतर्फ सरकारको ध्यान जाओस् । वास्तवमा अहिले चर्चामा छ कोशी प्रदेश । यो संविधान जोगाउनका निम्ति गठबन्धन बनाएको भनेर दाबी गर्नेहरू धन्य छ गठबन्धन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण