एसिया कप खेल्न सन्दीप दोहा हुँदै पाकिस्तान जाने
काठमाडौँ । एसिया कप क्रिकेट खेल्नका लागि क्रिकेटर सन्दीप लामिछाने सोमबार पाकिस्तान जान लागेका छन् । सोमबार कतारको दोहा हुँदै लामिछाने पाकिस्तान जान लागेका हुन् ।
जबरजस्ती करणीको कसुरमा आइतबार अन्तिम सुनुवाइ हुने भनिए पनि समय अभावका कारण सन्दीपको मुद्दा हेर्न नभ्याउनेमा परेपछि सन्दीप सोमबार पाकिस्तान जान लागेका हुन् । जबरजस्ती करणीको कसुरमा सन्दीपविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।
सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेका अनुसार सोमबार बिहान ११ः२० बजे कतार एयरवेजको उडानबाट उनी कतारको राजधानी दोहा पुग्नेछन् । त्यहाँबाट स्थानीय समय अनुसार १९ः४० को उडानबाट उनी पाकिस्तानको मुल्तान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । स्थानीय समय अनुसार रातको १ बजे लामिछाने मुल्तान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ ।
लामिछानेको अर्को पेसी भदौ २१ गते तोकिएको छ । भदौ १८ अर्थात् सेप्टेम्बर ४ तारिखको नेपाल र भारतबीचको खेले खेलेर लामिछाने भदौ २० गते नेपाल फर्किनेछन् ।
भदौ २१ गते तय गरिएको पेसीका लागि लामिछाने भदौ २१ गते बिहान नेपाल आइपुग्ने लामिछानेका कानुन व्यवसायी घिमिरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण