एमसीसी विरुद्ध विप्लवको आन्दोलनमा हाम्रो ऐक्यबद्धता छ : लीलामणि पोखरेल
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सचिव लीलामणि पोखरेलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन हुन नदिने चेतावनी दिएका छन् । एमसीसी परियोजना नेपाललाई चीन विरोधी सैन्य अखडा बनाएर सार्वभौम र राज्यव्यवस्था कमजोर बनाउने खेल भएको जिकिर गर्दै उनले कार्यान्वयन हुन नदिने चेतावनी दिएका हुन् ।
‘सम्झौता पारित भएपछि त्यसलाई कार्यान्वयन गर्ने सरकारको दायित्वभित्र पर्ला । तर यस्ता विवादित मुद्दामा कुन बेला कार्यान्वयन गर्ने वा कुन बेला कार्यान्वयन नगर्ने भन्ने कुरा निधो हुनुपर्छ । अहिले नै कार्यान्वयन गर्नुपर्ने जरुरी किन ?’, उनले भने, ‘संसदबाट पास भइसकेकाले सरकार अप्ठ्यारो परिस्थितिमा छ । त्यसका बाबजुद पनि यसलाई कार्यान्वयन गर्न मिल्दैन । हामी कार्यान्वयन गर्न दिँदैनौँ । विप्लवजीलाई यसको कार्यान्वयनको संवेदनशीलताबारे हामीले नै जानकारी दिएका छौँ । उहाँको आन्दोलनमा हाम्रो ऐक्यबद्धता छ ।’
अमेरिकाले योजना सुरक्षाका नाममा दीर्घकालीन असर पर्ने गरी नयाँ प्रस्ताव स्टेट पार्टनरसिप एग्रिमेन्ट (एसपिए) ल्याएको उनको जिकिर छ । अमेरिकाले नेपालमा अमेरिकी होमगार्ड ल्याएर ब्यारेक खडा गर्ने योजना रहेको भन्दै उनले एमसीसी कार्यान्वयन भए अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्न खोजेको आरोप लगाए ।
‘योजना सुरक्षाको नाममा स्टेट पार्टनरसिप एग्रिमेन्ट (एसपीए) अमेरिकी होमगार्ड ल्याएर नेपालको उत्तरी क्षेत्रमा ब्यारेक खडा गर्ने प्रस्ताव गरेको छ । त्यसको दुईवटा उद्देश्य छ । पहिलो प्रतिआतंकवाद तालिम, दोस्रो डिज्यास्टर म्यानेजमेन्ट तालिम हो । नेपालमा त्यसको आवश्यकता किन पर्यो ? यी सबै नेपाललाई चीन विरोधी अखडा बनाउनका निम्ति प्रस्ताव हो ।’
सरकारको तर्फबाट के हुन्छ भन्ने विषयमा पार्टीले जिम्मा लिन नसक्ने भन्दै उनले एमसीसी कार्यान्वयन हुनुहुँदैन भन्नेमा आफू स्पष्ट रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण