अस्ट्रेलियामा तीन जना अमेरिकी सैनिकको मृत्यु
सोमबार, ११ भदौ २०८०, १५ : ०४
डार्विन । सैन्य अभ्यासका क्रममा आइतबार भएको सैन्य जहाज दुर्घटनामा पर्दा अस्ट्रेलियामा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको छ भने कयौँ गम्भीर घाइते भएका छन् ।
दुर्घटनाग्रस्त एमभी–२२बी असप्रे विमानमा २३ जना अमेरिकी सैनिक सवार थिए । जसमध्ये तीन जनाको मृत्यु भएको थियो भने ५ जनालाई गम्भीर अवस्थामा रोयल डार्विन अस्पताल लगिएको जानकारी दिइएको छ । स्थानीय समयअनुसार बिहान साढे ९ बजे भेलभिल टापुमा यो दुर्घटना भएको थियो ।
अमेरिकी रक्षा सचिव लोयड अस्टिनले दुर्घटनामा मारिएका सैनिकको परिवारलाई समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
दुर्घटना के कारणले भयो भन्ने बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण