शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियामा तीन जना अमेरिकी सैनिकको मृत्यु

सोमबार, ११ भदौ २०८०, १५ : ०४
सोमबार, ११ भदौ २०८०

डार्विन । सैन्य अभ्यासका क्रममा आइतबार भएको सैन्य जहाज दुर्घटनामा पर्दा अस्ट्रेलियामा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको छ भने कयौँ गम्भीर घाइते भएका छन् ।

दुर्घटनाग्रस्त एमभी–२२बी असप्रे विमानमा २३ जना अमेरिकी सैनिक सवार थिए । जसमध्ये तीन जनाको मृत्यु भएको थियो भने ५ जनालाई गम्भीर अवस्थामा रोयल डार्विन अस्पताल लगिएको जानकारी दिइएको छ । स्थानीय समयअनुसार बिहान साढे ९ बजे भेलभिल टापुमा यो दुर्घटना भएको थियो ।

अमेरिकी रक्षा सचिव लोयड अस्टिनले दुर्घटनामा मारिएका सैनिकको परिवारलाई समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । 

दुर्घटना के कारणले भयो भन्ने बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप