दुई मेनपावर कम्पनीको लाइसेन्स निलम्बन
काठमाडौँ । वैदेशिक रोजगार विभागले दुई वटा मेनपावर कम्पनीको लाइसेन्स निलम्बन गरेको छ । ओमेगा इन्टरनेशनल र ओक्सन इन्टरनेशनल (अवतार ह्युमन रिसोर्स) मेनपावर कम्पनीलाई विभागले निलम्बन गरेकाे हाे ।
पूर्वस्वीकृतिविना सामाजिक सञ्जाल (फेसबुक) मार्फत नेपाली डाक्टरहरुलाई वैदेशिक रोजगारीमा कुवेत पठाइदिने भनी भ्रमपूर्ण सूचना प्रसारण गरेको पाइएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘सीपयुक्त दक्ष जनशक्तिलाई व्यक्तिगत रुपमा गन्तव्य मुलुकमा पठाउने गरी शंकास्पद कार्यहरु गर्ने ओमेगा इन्टरनेशनल (ईजाजतपत्र नम्बर (१३५२।०७४।०७५) र आफ्नो संस्थाको भवनभित्र अन्य दुईवटा संस्था राखी छेउकै भवनमा एजुकेशनल इन्टिच्युट एण्ड कन्सल्टेन्सी राखी वर्किङ भिसाको प्रलोभन देखाई सन्देहपूर्ण कारोवार गर्नुका साथै व्यक्तिगत रुपमा दक्ष जनशक्ति वैदेशिक रोजगारमा पठाउने कार्यमा संलग्न ओक्सन इन्टरनेशनल (इजाजतपत्र नं. ९८९।०६७।०६८० लाई विभागको मिति २०८०।०५।१२ को निर्णयानुसार ऐनको दफा ६१ (७) बमोजिम उल्लिखित दुबै संस्थालाई निलम्बन गरिएको छ’ सूचना अधिकारी कविराज अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वैदेशिक रोजगारीमा जान ईच्छुकहरुलाई विभागले सामाजिक सञ्जालमा प्रसारण हुने यस्ता भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न पनि अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण