पार्टीमा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था कडाइका साथ लागू हुनेछ : श्रेष्ठ
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले पार्टी विधानको धारा १३७ बमोजिम एक व्यक्ति एक समितिको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरी सबैलाई जिम्मेवारी व्यवस्थापन गरिने बताएका छन् ।
अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीले परम्परागत पुराना दलहरूले भन्दा भिन्न राजनीतिक सिद्धान्तको रूपमा बहुलतायुक्त नेपाली समाज सुहाउँदो सिद्धान्त संघीय समाजवाद मात्र अङ्गीकार गरेको नभई लोकतान्त्रिक अकेन्द्रिकरणको संगठनात्मक सिद्धान्त समेत अपनाएको बताएका हुन् । लोकतान्त्रिक अकेन्द्रिकरणको संगठनात्मक सिद्धान्तले पार्टीको सार्वभौमसत्ता पार्टी सदस्यहरूमा निहित गर्दै पार्टीका प्रदेश संरचनाहरूलाई आफ्नो क्षेत्राधिकारभित्रका कामहरू आफै निर्णय गर्न सक्ने व्यवस्था विधानले नै गरेको श्रेष्ठको भनाई थियो ।
का.वा. अध्यक्ष श्रेष्ठले हाल सञ्चालित तीन महिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको दुई मुख्य कार्यभार पार्टीलाई वैचारिक र राजनीतिक रूपले सक्षम बनाउनु तथा पार्टीका प्रदेश समिति र राष्ट्रिय समितिहरूलाई विधानले तोकेबमोजिमको पदाधिकारी र सङ्ख्यामा सीमित गरी गठन पुनर्गठन गर्नु रहेको बताए । उनले जिल्ला समन्वय समितिहरूलाई पनि यथाशीघ्र जिल्ला तदर्थ समितिमा रूपान्तरण गर्नुपर्ने बताउँदै स्थानीय तहका सबै समितिहरूलाई व्यवस्थित गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण