दुई खेलमा रोनाल्डोको पाँच गोल
रियाद । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले अल नसरले साउदी प्रो–लिगमा अल शहबाबमाथि ४–० को सहज जीत हासिल गरेको छ । योसँगै लिगका दुई खेलमा रोनाल्डोको गोल सङ्ख्या ५ गोल पुगेको हो ।
गत शुक्रबार अल फतेहलाई ५–० ले हराउँदै ह्याट्रिक गरेका रोनाल्डोले पहिलो हाफमा दुईवटा पेनाल्टीबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । रियल मड्रिड र म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडीले ह्याट्रिक गर्नका लागि अर्को पेनाल्टीको अवसर पाएका थिए । तर, त्यो अवसर उनले अब्दुलरहमान घारिबलाई दिए । जसलाई गोल परिणत गर्न घारिब चुकेका थिए ।
रोनाल्डोले साडियो मानेका लागि तेस्रो गोलको अवसर सिर्जना गरे । लिभरपुल र बायर्नका पूर्व खेलाडीले पनि पछिल्ला दुई खेलमा आफ्नो गोल सङ्ख्या ३ पुर्याएका छन् ।
त्यसपछि रोनाल्डो पुनः गोल गर्ने नजिक पुगेका थिए । तर उनको प्रहार पोस्टमा लागेको थियो । रिबाउन्डमा सुल्तान अल–घानमले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । यसअघि एभर बनेगाले रातो कार्ड पाएपछि शहबाब १० खेलाडीमा सीमित बनेको थियो ।
चार खेलमा दोस्रो जीतसहित अल नासर लिगको छैटौँ स्थानमा उक्लिएको छ । लिगमा ४ खेलमा ४ वटैमा जीत हासिल गर्दै अल इतिहाद र अल–अहली साउदी क्रमशः पहिलो र दोस्रो स्थानमा रहेको छ । अल हिलाल ३ जीत र एक बराबरीसहित लिगको तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण