शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

दुई खेलमा रोनाल्डोको पाँच गोल

बुधबार, १३ भदौ २०८०, ०९ : १६
बुधबार, १३ भदौ २०८०

रियाद । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले अल नसरले साउदी प्रो–लिगमा अल शहबाबमाथि ४–० को सहज जीत हासिल गरेको छ । योसँगै लिगका दुई खेलमा रोनाल्डोको गोल सङ्ख्या ५ गोल पुगेको हो ।

गत शुक्रबार अल फतेहलाई ५–० ले हराउँदै ह्याट्रिक गरेका रोनाल्डोले पहिलो हाफमा दुईवटा पेनाल्टीबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । रियल मड्रिड र म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडीले ह्याट्रिक गर्नका लागि अर्को पेनाल्टीको अवसर पाएका थिए । तर, त्यो अवसर उनले अब्दुलरहमान घारिबलाई दिए । जसलाई गोल परिणत गर्न घारिब चुकेका थिए ।

रोनाल्डोले साडियो मानेका लागि तेस्रो गोलको अवसर सिर्जना गरे । लिभरपुल र बायर्नका पूर्व खेलाडीले पनि पछिल्ला दुई खेलमा आफ्नो गोल सङ्ख्या ३ पुर्‍याएका छन् ।
त्यसपछि रोनाल्डो पुनः गोल गर्ने नजिक पुगेका थिए । तर उनको प्रहार पोस्टमा लागेको थियो । रिबाउन्डमा सुल्तान अल–घानमले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । यसअघि एभर बनेगाले रातो कार्ड पाएपछि शहबाब १० खेलाडीमा सीमित बनेको थियो ।

चार खेलमा दोस्रो जीतसहित अल नासर लिगको छैटौँ स्थानमा उक्लिएको छ । लिगमा ४ खेलमा ४ वटैमा जीत हासिल गर्दै अल इतिहाद र अल–अहली साउदी क्रमशः पहिलो र दोस्रो स्थानमा रहेको छ । अल हिलाल ३ जीत र एक बराबरीसहित लिगको तेस्रो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप