टुसा उम्रिएको गेडागुडीलाई यसरी राख्नुहोस् : न गन्हाउँछ, न बिग्रन्छ
जनै पूर्णिमाको विशेष खान्की क्वाँटी हो । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठुलो सिमी, ठुलो केराउ, सानो केराउ इत्यादिलाई भिजाएर टुसा उमारेर यसको झोल बनाएर खाने गरिन्छ । स्वाद र शक्ति दुवै मिल्ने भएकोले क्वाँटीको विशेषता भिन्न छ । यसले स्वास्थ्यलाई पुर्याउने फाइदाका कारण जनै पूर्णिमामा मात्रै नभई अन्य दिनमा पनि गेडागुडीको टुसा उमारेर खाने गरिन्छ ।
टुसा उम्रिन समय लाग्ने भएकोले हामी गेडागुडीलाई चाहिनेभन्दा बढी भिजाउने गर्छौँ । त्यसैले टुसा उम्रिन थालेपछि यो बिग्रने क्रम पनि सुरु हुन्छ । यत्तिकै राख्ने हो भने यो एक–दुई दिनमै गन्हाउन सुरु हुन्छ । तर तपाईंलाई यो भण्डारण गर्ने सही तरिका थाहा भयो भने यो लामो समयसम्म ताजा रहन सक्छ ।
आउनुहोस्, क्वाँटी भण्डारण गर्ने सही तरिकाबारे जानकारी लिऔँ:
गेडागुडीमा टुसा उम्रिसकेको छ भने यसलाई सफा पानीले राम्रोसँग धुनुहोस् । २–३ पटक सफा पानीले धोएपछि यसलाई पङ्खाको हावामा सुकाउनुहोस् ।
त्यसपछि यसलाई प्लास्टिकको ब्यागमा लुज गरेर प्याक गर्नुहोस् र फ्रिजमा स्टोर गर्नुहोस् । ब्यागमा हल्का हावा जान दिनुहोस् । यसो गर्दा यो धेरै समयसम्म ताजा रहन्छ ।
टुसा उम्रिएको सबै गेडागुडीलाई एकै पटक प्याक गर्नुको साटो छुट्टा छुट्टै प्याक गर्नुहोस् । अर्थात्, एउटा प्लेटमा थोरै टुसा उम्रिएको गेडागुडी फिँजाउनुहोस् र त्यसपछि एउटा पेपर राख्नुहोस् । यो पेपरमा अर्को गुडागुडी राखेर फिँजाउनुहोस् ।
कागजको साटो तपाईंले कुनै कपडाको प्रयोग पनि गर्न सक्नुहुन्छ । यस्तो गर्दा टुसा उम्रिएको गेडागुडी ब्याक्टेरिया र दुर्गन्धबाट टाढा रहनेछ ।
टुसा उम्रिएको गेडागुडीलाई लामो समयसम्म ताजा राख्नका लागि भिजाउने समयमा यसलाई हावादार स्थानमा राख्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
-
काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण