बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

रानी मुखर्जीले भनिन्, ‘मेरो श्रीमान् बोरिङ छन्’

बुधबार, १३ भदौ २०८०, १३ : ३९
बुधबार, १३ भदौ २०८०

बलिउड अभिनेत्री रानी मुखर्जीले हालै श्रीमान् आदित्य चोपडासँग आफ्नो सम्बन्धबारे कुरा गरेकी छिन् । उनले आदित्य बोरिङ भएको बताउँदै आफूले उनको जीवनमा उत्साह ल्याइदिएको बताएकी छिन् । 

रानीले लाइमलाइटबाट टाढा आफ्नो जीवनलाई निजी राख्न चाहेको पनि स्वीकार गरिन् । उनले समयसँगै आफ्नो र आदित्य चोपडाबीचको सम्बन्ध थप सुन्दर हुँदै गएको पनि बताइन् । उनले आफ्नो सफल वैवाहिक जीवनबारे पनि खुलेर कुराकानी गरेकी छिन् । 

हामी हरेक शुक्रवार सँगै बसेर फिल्म हेर्छौँ : रानी

फिल्म कम्पेनियनलाई दिएको अन्तर्वार्तामा रानीले भनिन्, ‘मेरा लागि आदित्य र मेरो सबैभन्दा राम्रो समय त्यो हो जब हामी सँगै कुनै फिल्म हेर्न जान्छौँ । हामी हरेक शुक्रवार मुम्बईको वाईआरएफ स्टुडियोमा फिल्म हेर्छौँ ।’

उनले थपिन्, ‘लाइन लाग्नु, टिकट किन्नु र आफ्नो पपकर्न लिनुको मज्जा नै बेग्लै छ । आजकाल तपाईंले पिज्जा पनि पाउनुहुन्छ । सँगै खाना खानु र फिल्म हेर्न मलाई राम्रो लाग्छ ।’

aditya_raniरानीले भनिन्, ‘म सब्यसाचीको पहिलो आधिकारिक दुलही थिएँ’

रानीले भनिन्, ‘हामी भारतभन्दा बाहिर हुँदा एक अर्कासँग समय बिताउँछौँ । उनको हात समात्नु, साँच्चै भन्ने हो भने उनीसँगको सबै कुरा राम्रो लाग्छ । म र आदित्य दुबै जना यो सम्बन्धमा एक–अर्कालाई सम्मान गर्छौँ । ’

‘कुनै बेला आत्मवृत्तान्त लेखेँ भने आफ्नो विवाहको किस्सालाई पक्कै पनि समावेश गर्नेछु,’ उनले भनिन् । 

रानीले आफ्नो विवाहबारे पनि कुरा गरेकी छिन् । उनले भनिन्, ‘म सब्यसाचीको पहिरन लगाउने पहिलो आधिकारिक दुलही थिएँ । मैले आफ्नो विवाहका तस्बिर सार्वजनिक गर्ने पनि सम्भावना छ ।’

स्मरण रहोस्, रानीले अहिलेसम्म आफ्नो विवाहको तस्बिर सोसल मिडियामा सार्वजनिक गरेकी छैनन् । 

aditya_rani1आदित्य असाध्यै साधारण छन्, म उनको जीवनमा उत्साह ल्याउँछु : रानी

रानीले विवाहको ९ वर्षपछि पनि आफ्नो वैवाहिक जीवनमा कसरी उत्साह ल्याउँछिन् भनेर बताएकी छिन् । उनले भनिन्, ‘सम्बन्धबारे सबैभन्दा राम्रो कुरा यो हो कि तपाईंले आफ्नो पार्टनरलाई हरेक दिन सर्प्राइज दिनुपर्छ । आफ्नो कुराले, आफ्नो व्यवहारले र आफ्नो क्रियाकलापले । म आदिलाई हरेक दिन यस्तै शक दिन्छु । उनले हरेक दिन मेरो नयाँ अन्दाज देख्छन् । उनी असाध्यै सरल छन् तर सरल हुनु भनेको बोरिङ हुनु हो । त्यसैले मलाई उत्साह स्थापित गरिराख्न मन पर्छ ।’

aditya_rani2हाम्रो हरेक दिन कुनै फिल्म जस्तो हुन्छ : रानी

रानीले थपिन्, ‘आदित्यले मलाई सधैँ भन्ने गर्छन् कि – तिमीसँग बस्दा यस्तो लाग्छ कि मानौँ हरेक दिन मैले नयाँ च्यानल हेरिरहेको छु । यसमा कहिले कमेडी हुन्छ, कहिले ड्रामा, कहिले रिस त कहिले धेरै माया । त्यसैले हाम्रो हरेक दिन कुनै फिल्म जस्तै हुन्छ । मलाई यो असाध्यै मन पर्छ ।’

स्मरण रहोस्, रानी र आदित्यले सन् २०१४ मा विवाह गरेका थिए । सन् २०१५ मा उनीहरू एक छोरीका आमाबुवा बने । उनको नाम आदिरा हो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप