बार्सिलोनाद्वारा फेलिक्स र क्यानसलो अनुबन्ध
क्याम्प नाउ । बार्सिलोनाले एट्लेटिको मड्रिडका फरवार्ड जोआओ फेलिक्स र म्यानचेस्टर सिटीका फूल ब्याक जोआओ क्यानसलोलाई ऋणमा अनुबन्ध गरेको छ । दुवै जनालाई एक सिजनका लागि अनुबन्ध गरिएको हो । दुवैको करारमा उनीहरूलाई खरिद गर्न सक्ने बुँदा रहेको छैन ।
गत सिजन पनि ऋणमा बायर्न म्युनिखमा बिताएका २९ वर्षीय पोर्चुगिज खेलाडी क्यानसलो सिटीमा पहिलो रोजाइमा पर्न छाडेका छन् । उता सन् २०१९ मा कीर्तिमानी ११.३ करोड पाउन्डमा एट्लेटिको पुगेका २३ वर्षीय फेलिक्सले पनि गत सिजन ऋणमै चेल्सीमा असफल ६ महिना बिताएका थिए ।
एट्लेटिकोसँग सन् २०२९ सम्मको करार रहेका फेलिक्सले चेल्सीका लागि २० खेल खेल्दै ४ गोल मात्र गर्न सके । गत जनवरीदेखि उनले एट्लेटिकोका लागि खेलेका छैनन् । उनले बार्सिलोनाका लागि खेल्नु आफ्नो सपना भएको बताउँदै आएका छन् ।
उता क्यानसलो सन् २०१८ मा युभेन्टसबाट ६ करोड पाउन्डमा सिटी पुगेका थिए । सिटीलाई दुईवटा लिग जिताउन प्रमुख भूमिका खेलेका उनी सन् २०२१ र २०२२ मा पीएफए वर्ष टोलीमा समावेश गरिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण