बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बार्सिलोनाद्वारा फेलिक्स र क्यानसलो अनुबन्ध

शनिबार, १६ भदौ २०८०, ०७ : २८
शनिबार, १६ भदौ २०८०

क्याम्प नाउ । बार्सिलोनाले एट्लेटिको मड्रिडका फरवार्ड जोआओ फेलिक्स र म्यानचेस्टर सिटीका फूल ब्याक जोआओ क्यानसलोलाई ऋणमा अनुबन्ध गरेको छ । दुवै जनालाई एक सिजनका लागि अनुबन्ध गरिएको हो । दुवैको करारमा उनीहरूलाई खरिद गर्न सक्ने बुँदा रहेको छैन ।

गत सिजन पनि ऋणमा बायर्न म्युनिखमा बिताएका २९ वर्षीय पोर्चुगिज खेलाडी क्यानसलो सिटीमा पहिलो रोजाइमा पर्न छाडेका छन् । उता सन् २०१९ मा कीर्तिमानी ११.३ करोड पाउन्डमा एट्लेटिको पुगेका २३ वर्षीय फेलिक्सले पनि गत सिजन ऋणमै चेल्सीमा असफल ६ महिना बिताएका थिए ।

एट्लेटिकोसँग सन् २०२९ सम्मको करार रहेका फेलिक्सले चेल्सीका लागि २० खेल खेल्दै ४ गोल मात्र गर्न सके । गत जनवरीदेखि उनले एट्लेटिकोका लागि खेलेका छैनन् । उनले बार्सिलोनाका लागि खेल्नु आफ्नो सपना भएको बताउँदै आएका छन् ।

उता क्यानसलो सन् २०१८ मा युभेन्टसबाट ६ करोड पाउन्डमा सिटी पुगेका थिए । सिटीलाई दुईवटा लिग जिताउन प्रमुख भूमिका खेलेका उनी सन् २०२१ र २०२२ मा पीएफए वर्ष टोलीमा समावेश गरिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप